स्वस्थ जीवनसम्बन्धी प्रशिक्षण

आदर्श समाज सम्वाददाता
जेठ १३, २०८१
Radio sanket

गैंडाकोट । गैंडाकोट नगरपालिका वडा नम्बर ५ ले स्वस्थ जीवनसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गराएको छ ।

आफ्नो वडाभित्र रहेका १९ टोल विकास संस्थाका सम्पूर्ण सदस्य तथा वडाका जनतालाई शनिवार प्रशिक्षण दिइएको हो । रजहरस्थित प्राकृतिक चिकित्सालयका प्रमुख डा. विनोद पौडेल प्रशिक्षक थिए । कार्यक्रममा पौडेलले खराब जीवनशैली रोगहरूको प्रमुख कारण भएकाले स्वस्थ जीवनशैली आरोग्य जीवनको आधार भएको र हरेक रोगहरुसँग लड्ने रोगहरूको औषधी जीवनशैली नै रहेको बताए । पौडेलले मधुमेह, उच्च रक्तचाप, मुटुका रोग तथा मानसिक रोग जस्ता डरलाग्दा रोगहरू अनुचित जीवनशैलीकै उपज रहेको र यस्ता रोगबाट मुक्त हुन आफ्नो जीवनशैलीमा परिवर्तन ल्याउन आवश्यक रहेको बताए ।

नगर उपप्रमुख शान्ति कोइरालाले स्वच्छ र गुणस्तरीय खाना स्वस्थ जीवनका लागि पनि आवश्यक रहेको बताइन् । उनले सहभागीहरुलाई प्रशिक्षणमार्फत् लिएको ज्ञानले मात्रै नभई स्वस्थ र तन्दुरुस्त हुनका लागि स्वस्थ जीवनशैली आवश्यक रहेको बताइन् । वडा नम्बर ५ ले आयोजना गरेको कार्यक्रममा वडाध्यक्ष रत्नप्रसाद सापकोटाले स्वस्थ नागरिक समृद्ध मुलुकको आधार रहेको प्रस्ट्याउँदै मानव सभ्यतालाई जीवन्त राख्न आफ्नो जीवनशैलीमा परिवर्तन ल्याउन जरुरी रहेको बताए । कार्यक्रममा वडाका सम्पूर्ण जनप्रतिनिधि, टोल विकास संस्थाका अध्यक्षलगायत उपस्थित थिए । कार्यक्रम नगर कार्यपालिका सदस्य एवं महिला नेतृ शान्ति न्यौपानेको संयोजनमा भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width