नेपाली युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा विशेष थापा

आदर्श समाज सम्वाददाता
जेठ १३, २०८१
NYEF

पोखरा । नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) पोखरा च्याप्टरको अध्यक्षमा इन्जिनियर विशेष थापा निर्वाचित भएका छन् । पोखरामा शनिबार भएको  १९औं साधारणसभा तथा १४औं अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

मञ्चको निवतमान अध्यक्षमा निरन केसी, प्रेसिडेन्ट इलेक्टमा समेज राजभण्डारी, प्रेसिडेन्ट नोमिनी सरोज कायस्थ, प्रोग्राम चेयरमा विवेक श्रेष्ठ, फाइनान्स चेयरमा हर्सल बिजुक्छे निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यमा सुरज श्रेष्ठ, नुरज बाटाजू, सिजन श्रेष्ठ, मानस श्रेष्ठ, प्रतीकराज पहारी, सौरव थापा निर्वाचित भए ।

नवनिर्वाचित अध्यक्ष थापाले सम्पूर्ण युवा उद्यमीहरुलाई समेटेर मञ्चलाई नेतृत्व गर्ने र युवा उद्यमीहरुको समग्र हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।  केन्द्र, प्रदेश र स्थानीय सरकारसँग सहकार्य र समन्वय गरी काम गर्ने उनको भनाइ छ । आफूलाई मञ्चको अध्यक्षमा निर्वाचित गर्ने सम्पूर्ण सदस्यप्रति उनले आभार व्यक्त गरेका छन् ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले युवा उद्यमीहरुले उद्यमशीलताका क्षेत्रमा मञ्चले महत्वपूर्ण योगदान पुर्याउन सफल भएको बताए ।

मञ्चका केन्द्रीय अध्यक्ष साहारा जोशीले युवा उद्यमीहरुको समग्र हितसँगै सामाजिक क्षेत्र मञ्चले सक्रियताका साथ काम गरिरहेको बताइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width