गायिका राणा र सितारवादक रेग्मी पोखरामा सम्मानित

आदर्श समाज सम्वाददाता
जेठ १३, २०८१
sangeet

पोखरा । चर्चित गायिक मीरा राणा र सितारवादक ध्रुवेशचन्द्र रेग्मी शनिबार पोखरामा सम्मानित भएका छन् । पोखरा संगीत प्रशिक्षण केन्द्र पोखराद्वारा सञ्चालित लालबहादुर चन्डेश्वरी ढेवाजु स्मृति संगीत पुरस्कार २०७८ बाट गायिका राणा र २०८०) बाट संगीतकर्मी प्राडा धु्रवेशचन्द्र रेग्मी सम्मानित भएका हुन् ।

वरिष्ठ कलाकार एवं कार्टुनिस्ट दुर्गा बराल वात्स्यायनले उनीहरुलाई सम्मानपत्र प्रदान गरे । पुरस्कार संस्थापिकाद्वय सरस्वती श्रेष्ठ र विजया मल्लले नगद, केन्द्रका अध्यक्ष गौतममान बजुक्छेले दोसल्ला र चयन समिति संयोजक तथा सल्लाहकार तीर्थ श्रेष्ठले सम्मानितलाई माला लगाइदिए । १ लाख १ रुपैयाँ राशिको पुरस्कार यसअघि अम्मर गुरुङ, दीप श्रेष्ठ, गायक सरोज गोपाल बज्राचार्य, धनबहादुर गायक, कल्याण शेरचन, बाबा राणा, अमृत गुरुङ, रामभक्त जोजिजु, रञ्जीत गजमेर तथा अभिनेत्री मिथिला शर्मा सम्मानित भइसकेका छन् ।

अग्रज कलाकार वात्स्यायनले जुनसुकै क्षेत्रमा पनि सही व्यक्तिलाई सही पुरस्कार अर्पण गर्नुले सम्मान प्रदान गर्ने संस्था र पुरस्कार आफै सम्मानित हुने बताए । वरिष्ठ साहित्यकार एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त र हार्मोनी पोखराका अध्यक्ष इतु जोजिजुले सम्मानित श्रष्टालाई बधाई साथै शुभकामना व्यक्त गरे ।

कार्यक्रममा केन्द्रका द्वितीय उपाध्यक्ष श्यामलाल श्रेष्ठले स्वागत गरेको कार्यक्रममा केन्द्रका प्रशिक्षक र प्रशिक्षार्थीहरुले स्वागत गानद्वारा स्वागत गरेका थिए । चयन समिति संयोजक तीर्थ श्रेष्ठले संस्था, पुरस्कार र सम्मानित व्यक्तित्वको परिचय राख्दै २०४६ सालमा स्थापित केन्द्रले सिकाइ मात्रै नभइ संगीत क्षेत्रमा निरन्तर योगदान गरेबापत श्रस्टाहरुलाई सम्मान गर्ने र नयाँ पिंढीलाई प्रोत्साहन गर्दै आएकोमा संस्थाका पुरस्कारहरु स्थापनामा संस्थापक अध्यक्षको पारिवारिक योगदानको चर्चा गरे ।

पुरस्कार संस्थापकका पारिवारिक प्रतिनिधि एवं चयन समिति सदस्य प्रेम कर्माचार्यले संस्थाको थप क्रियाशीलताको कामना गर्दै पुरस्कार व्यवस्थापनमा केन्द्रको संगीत समूहले सम्मानित स्रस्टाहरुका गीत/संगीत प्रस्तुत गरेका थिए ।

सम्मानित गायिका मिरा राणाले पुरस्कार लायक देखेर केन्द्रले सम्मान गरेकामा केन्द्र र चयन समितिप्रति कृतज्ञता ज्ञापन गरिन् । केन्द्रका प्रतिभावान कलाकारसँग सहकार्यको अवसर जुटाउने प्रतिवद्धता समेत व्यक्त गरे ।

सम्मानित व्यक्तित्व प्राडा ध्रुवेशचन्द्र रेग्मीले स्वच्छ भावनाले साधनारत स्रस्टालाई संस्थाले प्राथमिकतामा राख्नु आफैमा पुरस्कारको गरिमाको विषय रहेको भन्दै खुसी व्यक्त गरे । साथै केन्द्रका तबला प्रशिक्षार्थी मीलन गिरी र आर्जव पौडेलसँग सितारमा शास्त्रीय र लोक शैलिका केही प्रस्तुति समेत राखेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width