पोलियोविरुद्ध ‘आइपिभी’ खोप अभियान देशभर सुरु   

आदर्श समाज सम्वाददाता
जेठ १३, २०८१
ipv myagdi

पाटन । पोलियोविरुद्ध ‘आइपिभी’ खोप अभियान देशभर प्रारम्भ भएको छ । अभियानअन्तर्गत १४ लाख ६२ हजार सात सय १२ बालबालिकालाई खोप लगाइने छ ।

“सतहत्तर वटै जिल्लामा खोप अभियान प्रारम्भ भएको छ, नियमित खोप कार्यक्रम सञ्चालन भएका खोप केन्द्रमा पनि ‘आइपिभी’ को व्यवस्था गरेका छौँ”, अभियान सुरु भएको जानकारी दिँदै केन्द्रीय खोप अभियानका प्रमुख अभियान गौतमले रासससँग भन्नुभयो ।

यही जेठ २६ गतेसम्म सञ्चालन हुने खोप अभियानमा २०७३ देखि २०७५ सम्म नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई समेटिने उहाँले बताउनुभयो । विसं २०७१ देखि नेपालमा खोप लगाउन सुरु गरिए पनि २०७३ देखि २०७५ सालसम्म विश्वभर आइपिभी खोपको अभाव हुँदा देशभरका बालबालिका खोपबाट वञ्चित भएकाले अभियान सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।

नियमित खोप सञ्चालनका क्रममा बालबालिकालाई जन्मिएको दिनदेखि १५ महिनाभित्र सातपटक १३ वटा रोगबाट बच्ने खोप लगाउनुपर्ने व्यवस्था गरिएको तथा त्यस अवधिमा छुटेका बालबालिकालाई १६ देखि २३ महिनाभित्र खोप लगाउने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

यसैबीच, ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारबाट रासस समाचारदाताले पठाएको समाचारअनुसार जिल्लामा सात हजार बालबालिकालाई लक्ष्य गरेर सञ्चालित खोप अभियान सुरु भएको छ ।

जिल्ला खोप समन्वय समितिले जिल्लाका नौमध्ये चार स्थानीय तहमा आजदेखि जेठ १८ गतेसम्म, जेठ २० देखि २५ गतेसम्म पाँच स्थानीय तहमा अभियान सञ्चालन हुने जनाएको छ ।

अभियानका लागि जिल्ला भरमा तीन सय ९८ वटा केन्द्र निर्धारण गरिएको छ । अभियानमा एक सय २१ जना स्वास्थ्यकर्मी र सात सय ९६ जना स्वयंसेवक परिचालन भएका छन् ।    रासस

Related News

सम्बन्धित समाचार

  • दृष्टिका लागि ठिक्क पावरको चस्मा हुनुपर्छ

    डिल्लीराम सुवेदी असार ४, २०८१
    निकै थोरै समय र राजनीतिक रस्साकस्सीको बीचमा आएको यो नीति तथा कार्यक्रम सन्तुलित देखिन्छ । यसले अलिकति सपना पनि देखेको…
  • किन घटेर आयो गण्डकीको बजेट ?

    आदर्श समाज सम्वाददाता असार ४, २०८१
    पोखरा । चालु आर्थिक वर्षमा सरकारले प्रक्षेपण गरेमध्ये संघ सरकारले दिने भनेको १ अर्ब ९८ करोड रुपैयाँ समानीकरण अनुदान पठाएको…
  • डा. एलियामालाई गण्डकी नारी सम्मान

    आदर्श समाज सम्वाददाता असार ३, २०८१
    पोखरा । लायन्स क्लब अफ पोखरा गण्डकीले शिक्षा तथा समाजिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएकी शिक्षाविद् डा.एलियामा जोनलाई ‘गण्डकी नारी सम्मान’…
  • पोखरा १२ का बासिन्दालाई मणिपाल हस्पिटलमा छुट

    आदर्श समाज सम्वाददाता असार ३, २०८१
    पोखरा । पोखरा महानगरपालिका १२ का बासिन्दाले पोखराको मणिपाल हस्पिटलमा उपचार गर्दा छुट पाउने भएका छन । वडा कार्यालय र…
  • गण्डकीको बजेट ३३ अर्ब

    प्रकाश ढकाल असार ३, २०८१
    पोखरा । गण्डकी सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि करिब ३३ अर्बको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा.…

hero news full width