आधारभूत सीप प्रदान गर्न पाठ्यक्रम तयार : मुख्यमन्त्री

आदर्श समाज सम्वाददाता
जेठ १३, २०८१
redcross cm news

पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विद्यार्थीलाई आधारभूत सीप प्रदान गर्न कक्षा ९ र १० को पाठ्यक्रम तयार भएको बताएका छन् ।

रेडक्रस सोसाइटी कास्की आयोजनामा शुक्रबार छोरेपाटन माविमा भएको ४१ औैं जुनियर/युवा तथा ३० औं शिक्षक नायक गोष्ठी उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । उनले आफूले पहिलो पटक मुख्यमन्त्री हुँदा थालनी गरेको काम अहिले विज्ञ राखेर पूरा गरेको बताए ।

तयार भएको पाठ्यक्रम मेडिकल इमर्जेन्सी, प्राकृतिक प्रकोप, बाढी नियन्त्रण तथा महिला हिंसाविरुद्धका सीप लिन प्रभावकारी बन्ने विश्वास उनको छ । ‘९ र १० कक्षाको लागि पाठ्यक्रम बनाउन पहिला मुख्यमन्त्री हुँदा सुरु गरेको थिए, अहिले विज्ञ राखेर त्यसको पाठ्यक्रम तयार भएको छ,’ उनले भने ।

कास्की रेडक्रसले गरेका कार्यको प्रंशसा गर्दै विपद्मा रेडक्रस भन्ने कुरा स्थापित गर्न युवा रेडक्रसकर्मीको भूमिका महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममार्फत मुख्यमन्त्री अधिकारीले मानव सेवामा समर्पित रहँदै आपत्विपद्को बेलामा साथी बन्ने जुनियर रेडक्रसका योद्धाहरू तथा उनीहरूलाई सहयोग गर्ने शिक्षक नायकलाई गरे ।

उनले आफूसमेत रेडक्रसको आजीवन सदस्य रहेको भन्दै सोसाइटीले गर्ने गतिविधिमा सदैव साथ रहने प्रतिबद्धता जनाए । युवा रेडक्रस सर्कल छोरेपाटन माविको आतिथ्य तथा व्यवस्थापनमा कार्यक्रम भएको हो ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंहमा छात्रवृत्ति वितरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । अमरसिंह मावि, रामघाटमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण गरिएको छ । सो अवसरमा कक्षा १२…
  • गण्डकी बोर्डिङलाई अन्तर्राष्ट्रियस्तरको बनाउने प्रण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी बोर्डिङ स्कुल (जिबिएस) का नवनियुक्त प्रिन्सिपल डा. विश्वयुधीर पौडेल घर्तीले सबैजना मिलेर जिबिएसलाई अन्तर्राष्ट्रियस्तरको विद्यालय बनाउने प्रण…
  • जानकीका विद्यार्थीलाई पोखरा ग्राण्डको साथ

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    गण्डकी । विद्यार्थीको सिकाईलाई पाठ्यक्रम महत्वपूर्ण हुन्छ । त्यसैलाई मध्यनजर गर्दै पोखरा १७ महतगौंडास्थित जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई पोखरा ग्रान्डले…
  • प्रतिभा माविको विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. बुद्धिबहादुर थापाले कुनै पनि विषयको अध्ययनमा हिम्मत नहार्न विद्यार्थीलाई सुझाएका छन्…
  • सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड

    आदर्श समाज सम्वाददाता श्रावण ७, २०८१
    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागितामा जोड दिएकी छन्। सञ्चारमाध्यममा महिला सहभागिता कम…

hero news full width