विद्युत् व्यवसायी संघको कर शिक्षा

आदर्श समाज सम्वाददाता
जेठ १३, २०८१
radio sanket bijuli

नवलपुर । नवलपुर विद्युत् व्यवसायी संघको आयोजनामा कावासोतीमा शुक्रबार कर शिक्षा एवं खाता व्यवस्थापनसम्बन्धी अन्तक्र्रिया भएको छ ।

नेपाल विद्युतीय व्यवसायी महासंघका उपाध्यक्ष लेखनाथ सापकोटा प्रमुख अतिथि रहेको कार्यक्रममा वर्तमान कर व्यवस्था तथा आर्थिक विधेयक २०८० मा भएका छुट–सुविधा र खाता/लेखा व्यवस्थापन बारेमा जानकारी दिइएको थियो । उपाध्यक्ष सापकोटाले राष्ट्रको विकासमा करको योगदान रहेकाले सबैले आ–आफ्नो ठाउँबाट कर तिर्नुपर्ने बताए ।

आन्तरिक राजस्व कार्यालय नवलपुरको सहआयोजनमा भएको कार्यक्रममा चितवन अडिटर एसोसिएसनका अध्यक्ष प्रदीप वस्ती र नवलपुर जिल्लाका कर अधिकृत रामप्रसाद सुवेदी प्रशिक्षण दिए । कार्यक्रममा कर अधिकृत सुवेदीले आफ्नो प्रशिक्षणमा नागरिकको दायित्व कर तिर्ने कार्यसमेत परेकाले व्यवसायीहरूले पनि समयमा कर तिर्नुपर्ने र करको नियमको पालना गर्नुपर्ने बताए । उनले सबैलाई करको दायरमा ल्याएर राज्यलाई समृद्धिको यात्रामा सफल पार्नुपर्ने बताए ।

कार्यक्रमका अर्का प्रशिक्षक अडिटर एसोसिएसनका अध्यक्ष वस्तीले कर प्रशासन थप जिम्मेवार र उत्तरदायी हुनुपर्ने बताउँदै कर तिर्ने सहज वातावरणको सिर्जना गरी करदाताको सम्मान हुनुपर्ने बताए ।

कार्यक्रममा व्यवसायी संघका सदस्यहरू तथा सहभागी उद्योगी व्यवसायीले करसम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए । खाता÷लेखा व्यवस्थापन बारेको जानकारीसहित लेखा कसरी राख्ने ?, बिल, बिजक कसरी जारी गर्ने, कति कारोबार हुनेले कस्तो विवरण पेस गर्ने, विवरण तथा कर दाखिला कहिले गर्नेलगायतका विषयमा सहभागी लाई प्रस्टाइएको थियो ।

सहभागीहरूले विगतको भन्दा अहिले झन्झटिलो प्रक्रिया रहेकाले केही सहजीकरण गर्नुपर्ने तर्क गरेका थिए । कार्यक्रममा उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष बैकुण्ठप्रसाद अर्याल, संघका संस्थापक अध्यक्ष पुरुषोत्तम भुसाल, सल्लाहकार विष्णुकुमार श्रेष्ठलगायतले बोलेका थिए । नवलपुर विद्युत व्यवसायी संघका अध्यक्ष सुजन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम संघका सचिव दीपक सुवेदीले सहजीकरण गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width