शान्ति भूपू विद्यार्थी मञ्चमा तारानाथ

आदर्श समाज सम्वाददाता
जेठ १३, २०८१
shanti mabi

पोखरा । पोखरा १६ जुम्लेटीस्थित शान्ति भूपू विद्यार्थी मञ्च अध्यक्षमा तारानाथ आचार्य चयन भएका छन् ।

मञ्चको शनिबार छैटौं अधिवेशनले आचार्यको नेतृत्वमा ११ सदस्यीय समिति गठन गरेको हो । उपाध्यक्षमा यमनकाजी गुरुङ, कोषाध्यक्षमा भरत आचार्य, सचिवमा चन्द्र भट्टराई तथा सहसचिवमा लालप्रसाद आचार्य चयन भए । सदस्यमा तारा गुरुङ र राजेन्द्रबाबु कार्की चयन हुँदा अन्य सदस्य पछि चयन गरिने छ । मञ्च शान्ति माविमा अध्ययन गरेका पूर्व विद्यार्थीको साझा थलो हो ।

नवनिर्वाचित अध्यक्ष आचार्यले सम्पूर्ण भूपू विद्यार्थीहरु सक्रिय भएर विद्यालयको शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण योगदान दिने प्रतिबद्धता जनाए ।
सो अवसरमा पूर्व प्रअहरु रामबहादुर बानियाँ, डम्बरबहादुर कार्की र भूपू विद्यार्थी मञ्चका संस्थापक अध्यक्ष तेजकुमारी गुरुङलाई सम्मान गरिएको थियो । यसअघि मञ्चको वार्षिक साधारणसभामा पोखरा १६ का वडासदस्य तथा पूर्व विद्यार्थी रामचन्द्र आचार्यले शान्ति माविको शैक्षिक गुणस्तर बढाउन आफ्नो तर्फबाट हुनसक्ने सम्पूर्ण प्रयास गर्ने बताए ।

पूर्व वडाध्यक्ष जीवनप्रसाद आचार्यले प्रशस्त मात्रामा जमिन र भवन भएर पनि त्यसको सदुपयोग हुन नसकेकोप्रति दुख व्यक्त गरे ।
कार्यक्रममा विद्यालयका आजीवन सदस्य तथा यातायात व्यवस्थापन समितिका संयोजक शेरबहादुर कार्की, प्रअ सूर्य गिरी, विद्यालय समितिका सदस्य मदनप्रसाद आचार्य, शिक्षक अभिभावक संघ अध्यक्ष सरस्वती पहारी, मञ्चका आजीवन सदस्य दीपक केसी, यमनकाजी गुरुङ, शालिग्राम आचार्य, सहायक प्रअ नवराज थापा लगायतले बोलेका थिए ।

मञ्चका निवर्तमान सचिव नवीनचन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमम विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष गणेशबहादुर थापाले शुभकामना मन्तव्य, सदस्य धनराज आचार्यले स्वागत मन्तव्य र सञ्चालन शिक्षिका चन्द्रा भट्टराईले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंहमा छात्रवृत्ति वितरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । अमरसिंह मावि, रामघाटमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण गरिएको छ । सो अवसरमा कक्षा १२…
  • गण्डकी बोर्डिङलाई अन्तर्राष्ट्रियस्तरको बनाउने प्रण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी बोर्डिङ स्कुल (जिबिएस) का नवनियुक्त प्रिन्सिपल डा. विश्वयुधीर पौडेल घर्तीले सबैजना मिलेर जिबिएसलाई अन्तर्राष्ट्रियस्तरको विद्यालय बनाउने प्रण…
  • जानकीका विद्यार्थीलाई पोखरा ग्राण्डको साथ

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    गण्डकी । विद्यार्थीको सिकाईलाई पाठ्यक्रम महत्वपूर्ण हुन्छ । त्यसैलाई मध्यनजर गर्दै पोखरा १७ महतगौंडास्थित जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई पोखरा ग्रान्डले…
  • प्रतिभा माविको विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. बुद्धिबहादुर थापाले कुनै पनि विषयको अध्ययनमा हिम्मत नहार्न विद्यार्थीलाई सुझाएका छन्…
  • सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड

    आदर्श समाज सम्वाददाता श्रावण ७, २०८१
    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागितामा जोड दिएकी छन्। सञ्चारमाध्यममा महिला सहभागिता कम…

hero news full width