जनताको भलोमा ध्यान : मुख्यमन्त्री अधिकारी

आदर्श समाज सम्वाददाता
जेठ १३, २०८१
Cm madif

पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आफ्नो ध्यान जनताको भलो हुने काममा रहेको बताएका छन् ।

मादी गाउँपालिका वडा ७ मा निर्मित थाक समाजघरको शनिबार समुद्घाटन गर्दै उनले धेरै बोल्नेभन्दा पनि काम गरेर जनतालाई अनुभूति दिलाउने कोशिसमा रहेको खुलाए ।
‘बाटो निर्माण भइरहको छ, यसलाई सिक्लेससम्म पु¥याउने कोसिस गर्नेछौं, खानेपानी लगायतका यहाँका समस्याको बारेमा म जानकार छु, ती समस्या समाधान गर्न निरन्तर लाग्नेछु,’ उनले भने ।

मादी गाउँपालिकामा विकास निर्माण काम तीव्रताका साथ गर्दै जाने प्रतिबद्धता उनको थियो । गण्डकी प्रदेशका सबै जनतालाई सरकारको महसुस गराउने खालको नीति तथा कार्यक्रम र बजेट निर्माण गर्ने तयारी भैरहेको समेत मुख्यमन्त्री अधिकारीले खुलाए ।

गण्डकी प्रदेशका ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री वेदबहादुर गुरुङ ‘श्याम’ ले जनताले भोग्नु परेका समस्या समाधान गर्न आफ्नोतर्फबाट काम गरिरहेको बताए । आफू सोही क्षेत्रको जनप्रतिनिधि समेत रहेको कारण जनताका सुखदुख नजिकबाट बुझेरनै प्राथमिकताको आधारमा काम गर्न कस्सिएको बताए । समाजघर निर्माणमा सहयोग गर्ने दानविर, जग्गादातालाई मन्त्री गुरुङले सम्मान गरे ।

Related News

सम्बन्धित समाचार

  • धारापानी माविको ७४ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा । कास्कीको अन्नपूर्ण–३, पाउँदुरस्थित धारापानी माध्यमिक विद्यालयको ७४ औं वार्षिकोत्सव, अभिभावक दिवस एवम् पुरस्कार वितरण समारोह शुक्रबार भएको छ…
  • नेपाल एसबिआई बैंकद्वारा ३ लाख सहयोग

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा । नेपाल एसबिआई बैंक लि. ले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नदीपुरस्थित नेपाल भारतमैत्री पुस्तकालय सहजरुपमा सञ्चालन गर्न नेपाल भारत मैत्री…
  • मेला हेरे मोबाइल !

    आदर्श समाज सम्वाददाता माघ ११, २०८१
    पोखरा । राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सवमा सहभागी दर्शकमध्ये हरेक दिन पाँच जनालाई मोबाइल पुरस्कार दिइने भएको छ…
  • सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’

    रासस माघ ११, २०८१
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यम उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको ‘ब्रेक थ्रू’ भएको छ । ‘ब्रेक थ्रू’…
  • राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा बिहीबारदेखि ३३ औं राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव…

hero news full width