१३ दिनभित्र ३ पटक सगरमाथा सिखर चुमिन् गोरखाकी पूर्णिमा श्रेष्ठले

आदर्श समाज सम्वाददाता
जेठ १३, २०८१
purnima

पोखरा । गोरखाकी  पूर्णिमा श्रेष्ठले १३ दिनको बीचमा ३ पटक सगरमाथाको सफल आरोहण गरेकी छन् । उनले एकै सिजनामा ३ पटक आरोहरण गर्ने पहिलो महिलाको विश्वकीर्तिमान बनाएकफ छन् ।

‘एटके एस्क्पिडिसन’का सञ्चालक पेम्पा शेर्पाका अनुसार पूर्णिमाले शनिबार बिहान ५:५० मा तेस्रोपटक सगरमाथाको सफल आरोहण गरेकी हुन् । यसअघि ६ जेठ र ३० वैशाखमा उनी चुलीमा पुगेकी थिइन् ।

पूर्णिमाले अहिलेसम्म सगरमाथाको सफल आरोहण भने चारपटक गरेकी छिन् । उनले आठ वर्षदेखि हिमाल आरोहण गर्दै आएकी छिन् । हालसम्म सगरमाथासहित केटु, ल्होत्से, मकालु, कञ्चनजंगा, धौलागिरि र अन्नपूर्ण हिमाल आरोहण गरेकी पूर्णिमाले मनास्लु दुईपटक आरोहण गरेकी छिन् ।

Related News

सम्बन्धित समाचार

  • दृष्टिका लागि ठिक्क पावरको चस्मा हुनुपर्छ

    डिल्लीराम सुवेदी असार ४, २०८१
    निकै थोरै समय र राजनीतिक रस्साकस्सीको बीचमा आएको यो नीति तथा कार्यक्रम सन्तुलित देखिन्छ । यसले अलिकति सपना पनि देखेको…
  • किन घटेर आयो गण्डकीको बजेट ?

    आदर्श समाज सम्वाददाता असार ४, २०८१
    पोखरा । चालु आर्थिक वर्षमा सरकारले प्रक्षेपण गरेमध्ये संघ सरकारले दिने भनेको १ अर्ब ९८ करोड रुपैयाँ समानीकरण अनुदान पठाएको…
  • डा. एलियामालाई गण्डकी नारी सम्मान

    आदर्श समाज सम्वाददाता असार ३, २०८१
    पोखरा । लायन्स क्लब अफ पोखरा गण्डकीले शिक्षा तथा समाजिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएकी शिक्षाविद् डा.एलियामा जोनलाई ‘गण्डकी नारी सम्मान’…
  • पोखरा १२ का बासिन्दालाई मणिपाल हस्पिटलमा छुट

    आदर्श समाज सम्वाददाता असार ३, २०८१
    पोखरा । पोखरा महानगरपालिका १२ का बासिन्दाले पोखराको मणिपाल हस्पिटलमा उपचार गर्दा छुट पाउने भएका छन । वडा कार्यालय र…
  • गण्डकीको बजेट ३३ अर्ब

    प्रकाश ढकाल असार ३, २०८१
    पोखरा । गण्डकी सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि करिब ३३ अर्बको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा.…

hero news full width