पोखरा । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष हरिहर विरही ‘कृति स्मृति पत्रकारिता वृत्ति सम्मान–२०८०’ बाट सम्मानित भएका छन् ।
नेपाल पत्रकार महासंघ कास्कीको शनिबार १७ औं साधारणसभा तथा १२ औं अधिवेशनमा उनलाई नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नगद १ लाख ११ हजार १११ रुपैयाँसहित सम्मानपत्र प्रदान गरेका हुन् । जनकपुरका विरही ४४ वर्षदेखि निरन्तर पत्रकारितामा छन्।
पूर्व सांसद समेत रहेका पोखराका वरिष्ठ उद्योगपति एवं समाजसेवी सूर्यबहादुर केसी परिवारबाट सूर्यप्रेम ट्रस्ट स्थापना गरी कृति स्मृति पत्रकारिता वृत्तिका लागि अक्षयकोष स्थापना गरिएकामा महासंघ कास्कीले पुरस्कार सञ्चालन गर्दै आएको छ ।
पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष माधव शर्माको संयोजकत्वमा गठित प्रतिभा छनोट समिति सदस्यमा महासंघ कास्कीका पूर्व अध्यक्षहरु कृष्णप्रसाद बास्तोला र रवीन्द्र बास्तोला थिए ।
यसैगरी, सो अवसरमा पत्रकार श्रीराम सिग्देललाई ‘आर्थिक पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत गरियो । पुरकार राशि २० हजार र सम्मानपत्र छ ।
चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष सिग्देल महासंघका सहसचिवसमेत हुन् । २०५४ सालदेखि आदर्श समाजबाट पत्रकारिता सुरु गरेका सिग्देल पोखराका पुराना पत्रकार हुन् । उनी हाल फेवा पोष्ट साप्ताहिक र फेवापोष्ट खबर डटकमका सहसम्पादक एवं समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय उपाध्यक्षसमेत हुन् ।
छनोट समिति संयोजकमा नवराज सुवेदी थिए । सदस्यमा महासंघ कास्कीका पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठ र टंक अधिकारी थिए ।
कार्यक्रममा पुरस्कृत पत्रकार विरहीको चिनारी छनोट समिति संयोजक शर्मा र अर्का पुरस्कृत पत्रकार सिग्देलको चिनारी छनोट समिति संयोजक सुवेदीले गराएका थिए ।
सोही अवसरमा विमला भण्डारी नेतृत्वको ३ वर्षे कार्यकालमा उत्कृष्ट कार्यसमिति सदस्यबाट सन्तोष बस्याल नगद १० हजारसहित सम्मानित भए ।
सम्मानितपछि विरहीले नेपालको संविधानमा प्रेस स्वतन्त्रता भनेर उल्लेख गरे पनि अझै पनि व्यवहारमा त्यस्तो नभएको टिप्पणी गरे । उनले जोसुकै सत्तामा पुगे पनि पत्रकार खुसी हुने अवस्था छैन भने । उनले नागरिकको सुसूचित हुने अधिकारमा मिडियाले आफ्नो कर्तव्य पूरा गर्नुपर्नेमा जोड दिए ।
सम्मानित पत्रकार सिग्देलले पत्रकार महासंघमा यति लामो आबद्धतामा महासंघबाट पहिलो पल्ट पुरस्कृत हुन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए । उनले पुरस्कारबाट पत्रकारितामा अझ ऊर्जा र उत्साह मिलेको बताए ।
आदर्श समाजका संस्थापक सम्पादकलाई दीर्घ पत्रकारिता सम्मान
आदर्श समाज राष्ट्रिय दैनिकका संस्थापक सहायक सम्पादक शिरोमणि बराल दीर्घ पत्रकारिता सम्मानबाट सम्मानित भएका छन् । उनीसहित ४ जना पत्रकारलाई नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले दीर्घ पत्रकारिता सम्मान प्रदान गरेका हुन् ।
२०४० सालदेखि मुस्कान व्याङ्ग्यात्मक मासिक पत्रिकाबाट पत्रकारिता सुरु गरेका बराल हाल सम्पादन सहयोगीरुपमा कार्यरत छन् । उनलाई आदर्श समाजको २९ औं वार्षिकोत्सव अवसरमा पनि सम्मान गरिएको थियो । पोखरा–१३, पाटनवेंसी, आर्वाका बरालले टाकुरो साप्ताहिक, पार्वती पाक्षिक, गोल्डेन न्यूज दैनिकमा काम गरेको अनुभव छ । हाल सुनौलो एफएम र गुरुकुल खबर डटकममा प्रबन्ध सम्पादक छन् ।
यसैगरी, दीर्घ पत्रकारिता सम्मान प्राप्त गर्नेमा ज्यो. डा. बलराम उपाध्याय रेग्मी, सुरेन्द्र थापामगर र विश्वप्रकाश लामिछाने छन् । पत्रकारिता क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको उच्च कदर गर्दै उनीहरुलाई सम्मान गरिएको थियो ।
२०४२ सालदेखि नेपालवाणी सप्ताहिकबाट पत्रकारिता सुरु गरेका रेग्मी हाल ज्योतिष जागरण मासिक र ज्योतिष भविष्यवाणी साप्ताहिकमा प्रधानसम्पादक हुन् । वरिष्ठ अधिवक्ता समेत रहेका थापामगरले २०४६ सालमा दृष्टि साप्ताहिकबाट पत्रकारिता सुरु गरी साप्ताहिक नेपाली आवाज, जनज्योति साप्ताहिक, नौलो हाँक, कानुङ खबर पाक्षिकमा समाचार र जनआस्था, नयाँ पत्रिका, आदर्श समाजसँगै समाधानमा स्तम्भ लेख्ने गर्छन् ।
यस्तै, पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष समेत रहेका लामिछानेको स्वाभिमान साप्ताहिकमा २०५६ देखि २०७७ सम्म काम गरेको अनुभव छ । गण्डकी एफएफत तथा गण्डकी टेलिभिजनमा पनि उनी आवद्ध थिए ।
४ जना प्रेस स्वतन्त्रता सेनानी
नेपाल पत्रकार महासंघ केन्द्रले यसअघि काठमाडौंमा घोषणा गरेको प्रेस स्वतन्त्रता सेनानी सम्मानबाट ४ पत्रकारलाई सोही समारोहमा सम्मानपत्र हस्तान्तरण गरियो ।
जसमा रेडियो बाराहीका कार्यकारी निर्देशक रमेश पौडेल, पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष रवीन्द्र बास्तोला, फेवा पोस्टका सम्पादक नवराज सुवेदी र माछापुच्छे साप्ताहिकका पदम रेग्मी हुन् ।
Related News
सम्बन्धित समाचार
पोखरा महानगरले आजदेखि करार कर्मचारीलाई हाजिर नगराउने
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
मानवअधिकार एलायन्समा पन्थी
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
लाइसेन्स ट्रायलमा अब सुजुकीको अल्टो के१० र हिरो होण्डा पनि, सनराइजले दियो सुविधा
hero news full width
मुख्य समाचार
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१