स्टिमरमा बुद्धिचाल प्रतियोगिता !

आदर्श समाज सम्वाददाता
जेठ १२, २०८१
kaligandaki

स्याङ्जा । कालीगण्डकी गाउँपालिका–७ स्थित आँधीमुहानमा मोटरबोट (स्टिमर) मा शनिबारदेखि बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । कालीगण्डकी गाउँपालिका र गण्डकी प्रदेश खेलकुद परिषदको संयुक्त आयोजनामा गण्डकी प्रदेशस्तरीय अन्तरजिल्ला बुद्धिचाल प्रतियोगिता सुरु भएको हो ।

धार्मिक महत्व बोकेको कालीगण्डकी र आँधीखोलाको सङ्गमस्थल आँधीमुहानमा सञ्चालित देशकै पहिलो मोटरबोट (स्टिमर) मा प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता थालिएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए । खेलकुदका माध्यमबाट यहाँको धार्मिकस्थलहरूको प्रचारप्रसार गर्ने र आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न स्टिमरमा प्रतियोगिता सञ्चालन गरिएको उनको भनाइ छ ।

‘पछिल्लो समय लोकप्रिय बन्दै गइरहेको बुद्धिचाल प्रतियोगिता गाउँपालिकामा आयोजना गर्नुको मुख्य उद्देश्य नै खेलाडी उत्पादन गर्ने र खेल पर्यटनको विकास गर्ने हो,’ अध्यक्ष थापाले भने, ‘बौद्धिक क्षमताको विकासमा मद्दत पु¥याउने भएकाले पनि यसलाई प्राथमिकताका साथ अगाडि बढाएका हौं ।’ २ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा गण्डकी प्रदेशका ८ जिल्ला र आयोजकका रूपमा रहेको कालीगण्डकी गाउँपालिका गरी ९ टोलीका ३६ जना सहभागी भएका प्रदेश बुद्धिचाल संघका अध्यक्ष युवराज भण्डारीले बताए । उनका अनुसार जिल्ला–जिल्लामा रहेका बुद्धिचाल संघ सिफारिसका आधारमा प्रत्येक जिल्लाबाट २ पुरुष र २ महिला गरी ४ खेलाडी सहभागी भएका हुन् ।

प्रतियोगिता सम्पन्न गर्न कालीगण्डकी गाउँपालिकाले ३ लाख र गण्डकी प्रदेश खेलकुद परिषदले ३ लाख रकम विनियोजन गरेका छन् । कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाको बाँधस्थल आँधीमुहानमा सुरु भएको प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका लेखा समिति सभापति सुधीरकुमार पौड्यालले उद्घाटन गरे । खेलकुदका माध्यमबाट स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आफ्नो पहिचान स्थापित गर्नका लागि यस प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनले बताए । ‘कालीगण्डकी क्षेत्रको आर्थिक, धार्मिक, पर्यटकीय एवं सांस्कृतिक महत्वको प्रचारप्रसारमा महत्वपूर्ण भूमिका यस प्रतियोगिताले गर्नेछ,’ लेखा समिति सभापति पौड्यालले भने ।

उक्त परियोजनाले बाँध बाँधेपछि निर्माण भएको कृत्रिम जलाशयमा स्टिमर सञ्चालन हुँदै आइरहेको छ । बाँधस्थलबाट करिब ७ किलोमिटर टाढासम्म जलाशय रहेको छ । स्याङ्जाको आँधीमुहानमा रहेको जलाशयमा सञ्चालन हुँदै आएको स्टिमरबाट स्याङ्जा, पर्वत र गुल्मीको संगलमस्थलमा रहेको सेतीवेणी शिलासम्म सहजरूपमा यात्रा गर्न सकिन्छ । कुनै बेला यात्रु तथा सामान ढुवानीको मुख्य साधनका रूपमा स्थापित भएको स्टिमर सेवा अहिले कालीगण्डकी कोरिडोर खुलेसँगै प्रभावकारी हुँदै जान थालेको छ । रासस

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width