जनप्रकाशमा पुनर्ताजगी तालिम

आदर्श समाज सम्वाददाता
जेठ १२, २०८१
Janaprakash

पोखरा । जनप्रकाश बहुमुखी क्याम्पस पोखरा २९ मा विश्वविद्यायल अनुदान आयोग सहयोगमा आयोजित पुनर्ताजगी तालिम सम्पन्न भएको छ । क्याम्पसको अनुसन्धान विभागले आयोजना गरेको तालिममा ३५ जना प्राध्यापकले भाग लिएका थिए । गुप्तेश्वर माहादेव बहुमुखी क्याम्पस, लक्ष्मी आदर्श बहुमुखी क्याम्पस, भद्रकाली बहुमुखी क्याम्पस, जनज्योति क्याम्पस भीमाद, कालिका पब्लिक कलेज र जनप्रकाश बहुमुखी क्याम्पसका ३५ जना प्राध्यापकले भाग लिएका हुन् ।

पोखरा विश्वविद्यालयका प्राध्यापक डा. इन्द्रप्रसाद तिवारी र पृथ्वीनारायण क्याम्पसका उपप्रध्यापक डा. देवीलाल शर्मा, क्याम्पस प्रमुख ऋषिराम बुढाथोकी, पोखरा विश्वविद्यालयका उपप्राध्यापक घनश्याम तिवारी, गुप्तेश्वर माहादेव बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख मोहन भण्डारीले सहजीकरण गरेका थिए ।

कार्यक्रममा पोखरा विश्वविद्यालय मानविकी तथा समाजशास्त्रका डिन सहप्राध्यापक अजय थापा, त्रिवि केन्द्रीय क्याम्पस र्कीर्तिपुरका सहप्राध्यापक जगत तिमिल्सिना, जनप्रकाश बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ऋषिराम बुढाथोकी, जनज्योति क्याम्पसका क्याम्पस प्रमुख केशवराज काफ्ले, क्याम्पसका सञ्चालक समिति सदस्य विष्णुप्रसाद तिवारी, सहायक क्याम्पस प्रमुख अर्जुन ओझा लगायतले बोलेका थिए ।

अनुसन्धान विभाग प्रमुख युवराज लामिछानेको अध्यक्षतामा भएको तालिममा प्रमुख आतिथ्य क्याम्पस सञ्चालक समिति अध्यक्ष विजयराज भण्डारीको थियो । सञ्चालन क्याम्पसका प्राध्यापक सन्दीप अधिकारीले गरेका हुन् ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंहमा छात्रवृत्ति वितरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । अमरसिंह मावि, रामघाटमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण गरिएको छ । सो अवसरमा कक्षा १२…
  • गण्डकी बोर्डिङलाई अन्तर्राष्ट्रियस्तरको बनाउने प्रण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी बोर्डिङ स्कुल (जिबिएस) का नवनियुक्त प्रिन्सिपल डा. विश्वयुधीर पौडेल घर्तीले सबैजना मिलेर जिबिएसलाई अन्तर्राष्ट्रियस्तरको विद्यालय बनाउने प्रण…
  • जानकीका विद्यार्थीलाई पोखरा ग्राण्डको साथ

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    गण्डकी । विद्यार्थीको सिकाईलाई पाठ्यक्रम महत्वपूर्ण हुन्छ । त्यसैलाई मध्यनजर गर्दै पोखरा १७ महतगौंडास्थित जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई पोखरा ग्रान्डले…
  • प्रतिभा माविको विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. बुद्धिबहादुर थापाले कुनै पनि विषयको अध्ययनमा हिम्मत नहार्न विद्यार्थीलाई सुझाएका छन्…
  • सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड

    आदर्श समाज सम्वाददाता श्रावण ७, २०८१
    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागितामा जोड दिएकी छन्। सञ्चारमाध्यममा महिला सहभागिता कम…

hero news full width