सेमेस्टरस्तरीय कप फुटसल

आदर्श समाज सम्वाददाता
जेठ ११, २०८१
Futsal (2)

पोखरा । गण्डकी बहुप्राविधिक शिक्षालय आयोजनामा विभिन्न सेमेस्टरका विद्यार्थीको सेमेस्टरस्तरीय फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।

पोखरा–२६ स्थित ब्ल्याक होल फुटसलमा भएको प्रतियोगितामा अटोमोबाइल र जियोमेटिक्सको चौथो सेमेस्टरतर्फको समूह प्रथम भए । दोस्रो सेमेस्टरको सिभिल इन्जिनियरियङको समूह दोस्रो भयो । खेलमा शिक्षालयका प्रशिक्षकहरुको समूहले पनि भाग लिएको कार्यक्रम संयोजक सुमनचन्द्र सुवेदीले बताए ।

शिक्षालयले वार्षिक कार्यक्रम अन्तर्गत हाजिरीजवाफ र वक्तव्यकला प्रतियोगिता पनि सञ्चालन शिक्षालय प्रशिक्षक मनोज पौडेलले बताए ।

शिक्षालयले डिप्लोमा तहका सिभिल, अटोमोबाइल इन्जिनियरियङ, जियोमेटिक्स लगायत स्वास्थ्यतर्फ फार्मेसी र प्रमाणपत्रतह सामान्य चिकित्सा र वन विज्ञानका कोर्ष अध्यापन गराउँदै आएको छ ।

Related News

सम्बन्धित समाचार

  • दृष्टिका लागि ठिक्क पावरको चस्मा हुनुपर्छ

    डिल्लीराम सुवेदी असार ४, २०८१
    निकै थोरै समय र राजनीतिक रस्साकस्सीको बीचमा आएको यो नीति तथा कार्यक्रम सन्तुलित देखिन्छ । यसले अलिकति सपना पनि देखेको…
  • किन घटेर आयो गण्डकीको बजेट ?

    आदर्श समाज सम्वाददाता असार ४, २०८१
    पोखरा । चालु आर्थिक वर्षमा सरकारले प्रक्षेपण गरेमध्ये संघ सरकारले दिने भनेको १ अर्ब ९८ करोड रुपैयाँ समानीकरण अनुदान पठाएको…
  • डा. एलियामालाई गण्डकी नारी सम्मान

    आदर्श समाज सम्वाददाता असार ३, २०८१
    पोखरा । लायन्स क्लब अफ पोखरा गण्डकीले शिक्षा तथा समाजिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएकी शिक्षाविद् डा.एलियामा जोनलाई ‘गण्डकी नारी सम्मान’…
  • पोखरा १२ का बासिन्दालाई मणिपाल हस्पिटलमा छुट

    आदर्श समाज सम्वाददाता असार ३, २०८१
    पोखरा । पोखरा महानगरपालिका १२ का बासिन्दाले पोखराको मणिपाल हस्पिटलमा उपचार गर्दा छुट पाउने भएका छन । वडा कार्यालय र…
  • गण्डकीको बजेट ३३ अर्ब

    प्रकाश ढकाल असार ३, २०८१
    पोखरा । गण्डकी सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि करिब ३३ अर्बको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा.…

hero news full width