क्रिकेटमा टिम वाराहीको जित

आदर्श समाज सम्वाददाता
जेठ ११, २०८१
wai wai cricket final 11

पोखरा । यू–१९ वाईवाई कप कास्की जिल्ला पुरुष क्रिकेट छनोट प्रतियोगिता–२०८१ टिम वाराही विजेता बनेको छ । कास्की जिल्ला क्रिकेट संघ आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा पोखरा रंगशालामा भएको प्रतियोगिता वाराही विजयी भएको हो । शुक्रबार उसले विन्ध्यवासिनीलाई ५ विकेटले हरायो ।

विन्ध्यवासिनी दोस्रो, भद्रकाली तेस्रो र अकला चौथोमा सीमित भयो । शुक्रबार पहिलो खेलमा भद्रकालीले अकलालाई ३ रनले हराएको थियो ।

टस जितेर ब्याटिङ रोजेको भद्रकाली २५ ओभर खेल्दै ८ विकेट गुमाएर १०८ रन जोडेको थियो । १०९ को लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा मैदान उत्रिएको अकला २१.३ ओभरमा अल आउट भएको हो ।

दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको विन्ध्यवासिनी २१.१ ओभर खेल्दै १० विकेट गुमाएर ८३ रनमा समेटिन पुगेको थियो । ८४ रनको झिनो लक्ष्य पाएको वाराहीले ११.३ ओभर खेल्दै ५ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

वाराहीका नितेश गिरी उत्कृष्ट बलर, विन्ध्यवासिनीका सिव्रिन श्रेष्ठ उत्कृष्ट ब्याट्सम्यान र वाराहीका आदित्य थापा म्यान अफ दि सिरिज भए ।
प्रतियोगितामा पहिलो चरणमा ८४ खेलाडीबाट ४८ छनोट गरी ४ टिम तयार गरिएको आयोजक संघ कास्की अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए । जिल्लास्तरीय प्रतियोगितापछि प्रदेशस्तरीय प्रतियोगिता हुने भएकोले १४ खेलाडी छनोट उनले बताए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width