महानगरस्तरीय कवितावाचनमा अक्सफोर्ड स्कुलकी लीना प्रथम

आदर्श समाज सम्वाददाता
जेठ ११, २०८१
poem

पोखरा । आशीर्वाद क्लब अफ नेपालद्वारा आयोजित महानगरस्तरीय कवितावाचन प्रतियोगितामा अक्सफोर्ड स्कुलकी छात्रा लीना गुरुङ प्रथम भएकी छन् । प्रतियोगितामा भास्कर मेमोरियलका अभियान बास्तोला द्वितीय र मदरल्यान्ड माविका अनुष्ठान रेग्मी तृतीय भए । प्रतियोगितामा कूल ३३ प्रतिस्पर्धी रहेको आयोजक क्लबले जनाएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार पाउने छन् । पुरस्कार शनिबार हुने आशीर्वाद साहित्यिक साँझको दोस्रो संस्करण नियतिका बीच वितरण गरिने भएको छ ।

क्लबका अध्यक्ष मनीष बरालको अध्यक्षतामा भएको कार्यक्रम शोभाकान्त सिग्देलले उद्घाटन गरे । विक्रम बराल कार्यक्रम व्यवस्थापन र क्लबका सचिव अर्जुन बरालले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width