पत्रकार महासंघको इ–लाइब्रेरी उद्घाटन

आदर्श समाज सम्वाददाता
जेठ ११, २०८१
FNJ Kaski Librery udghathan Photo 1

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीद्वारा स्थापना गरिएको पत्रकार पुस्तकालय  (इ–लाइब्रेरी) तथा स्रोत केन्द्र उद्घाटन गरिएको छ ।

नेपालका प्रथम राष्ट्रपति डा। रामवरण यादवले शुक्रबार आयोजित समारोहमा उक्त पुस्तकालय समुद्घाटन गरे । उनले पोखराको पुस्तकालयको इतिहासमा महासंघले इँट्टा थप्ने काम गरेको उल्लेख गरे । पठन संस्कृति विकासमा महासंघ कास्कीले स्थापना गरेको यो पुस्तकालयले महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ । ‘पुस्तकालयबाट पत्रकारको क्षमतामा थप टेवा पुग्ने विश्वास छ । आधुनिक तवरले निर्माण गरिएको पुस्तकालय र स्रोत केन्द्र प्रशंसा गर्नलायक बनेको छ । अब यसको सदुपयोगको कामना गर्दछु,’ उनले भने । उनले जसरी मानिसको ३ मिनेटसम्म श्वासप्रश्वास बन्द भए मृत्यु हुन्छ, त्यस्तै प्रेस स्वतन्त्रबिना लोकतन्त्र बाँच्न नसक्ने बताए ।

गण्डकी प्रदेश सभा सदस्य एवं पूर्व कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले पुस्तकालय स्थापनाले अध्ययन शैलीमा परिवर्तन आउने उल्लेख गरे । प्रेस स्वतन्त्रता आत्मसात् गर्दै सामाजिक उत्तरदायित्व बहन गर्न पुस्तकालय महत्वपूर्ण सावित हुने उनले बताए ।

महासंघ महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले केन्द्रले गर्न नसकेको काम कास्की शाखाले गरेको भनी प्रशंसा गरे । उनले केन्द्रले पनि पुस्तकालय निर्माण कार्यलाई अगाडि बढाएको तर आर्थिक स्रोतको आभावमा पूरा गर्न नसकेको हुँदा ४० प्रतिशत काम थाँती रहेको सुनाए । विमला भण्डारी नेतृत्वको महासंघ कास्कीले भने समयमा नै पुस्तकालय निर्माण गरेकोप्रति उनले खुसी व्यक्त गरे ।

महासंघ शाखा अध्यक्ष विमला भण्डारीले इ–लाइब्रेरीले कास्कीसहित गण्डकी प्रदेशकै पत्रकारको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने उल्लेख गरिन् । कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय गण्डकी प्रदेशको ४० लाख र पोखरा महानगरपालिकाको १५ लाखको आर्थिक सहयोगमा स्थापना गरिएको उनले जानकारी गराइन् ।

पुस्तकालयमा मार्टिन चौतारी, इन्सेक, प्रेस काउन्सिल, त्रिवि केन्द्रीय पुस्तकालय, एनव्याब्सन कास्की लगायतले पुस्तक सहयोग गरेका छन् । उद्घाटन अवसरमा सहयोगीलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो । कार्यक्रम सञ्चालन सहसचिव रेम बिकले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width