विन्ध्येश्वरी आदर्शमा वक्तृत्वकला

आदर्श समाज सम्वाददाता
जेठ ११, २०८१
vindhyasori school

पोखरा । विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा नेपाली वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिएको छ । प्रतियोगिताअन्तर्गत मावितर्फ कक्षा १० की छात्रा अनिता विक प्रथम, कक्षा ९ की छात्रा ममता गुरुङ द्वितीय र कक्षा ९ कै छात्रा अंशु भुजेलले तृतीय भए । आधारभूत तह सिनियरतर्फ कक्षा ७ की छात्रा उपासना रेग्मी प्रथम, सोही कक्षाकी अंकिता पौडेल द्वितीय र कक्षा ८ का दिवस घिमिरे तृतीय भए ।

आधारभूत (जुनियर) तर्फ कक्षा ४ का छात्र सखिम बास्तोला प्रथम, कक्षा ५ की छात्रा श्रीषा तिमिल्सिना द्वितीय र कक्षा ४ की छात्रा डेलिसा सुवेदी तृतीय भए । जुनियर (२–३)तर्फ कक्षा ३ की छात्रा अनुस्का अधिकारी प्रथम, सोही कक्षाकी छात्रा सुजिता बालकोटी द्वितीय र कक्षा ३ कै छात्र अंकित मन्ना तृतीय भए ।

कार्यक्रम समापन गर्दै विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले अतिरिक्त क्रियाकलापले विद्यार्थीभित्र रहेका अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गर्न सहयोग गर्ने र विद्यार्थाीमा आत्मविश्वास बढ्ने, सबैका लागि प्रेरक बन्ने बताए । कार्यक्रम सञ्चालन शिक्षिका उर्मिला परियार र राजु बयलकोटीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंहमा छात्रवृत्ति वितरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । अमरसिंह मावि, रामघाटमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण गरिएको छ । सो अवसरमा कक्षा १२…
  • गण्डकी बोर्डिङलाई अन्तर्राष्ट्रियस्तरको बनाउने प्रण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी बोर्डिङ स्कुल (जिबिएस) का नवनियुक्त प्रिन्सिपल डा. विश्वयुधीर पौडेल घर्तीले सबैजना मिलेर जिबिएसलाई अन्तर्राष्ट्रियस्तरको विद्यालय बनाउने प्रण…
  • जानकीका विद्यार्थीलाई पोखरा ग्राण्डको साथ

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    गण्डकी । विद्यार्थीको सिकाईलाई पाठ्यक्रम महत्वपूर्ण हुन्छ । त्यसैलाई मध्यनजर गर्दै पोखरा १७ महतगौंडास्थित जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई पोखरा ग्रान्डले…
  • प्रतिभा माविको विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. बुद्धिबहादुर थापाले कुनै पनि विषयको अध्ययनमा हिम्मत नहार्न विद्यार्थीलाई सुझाएका छन्…
  • सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड

    आदर्श समाज सम्वाददाता श्रावण ७, २०८१
    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागितामा जोड दिएकी छन्। सञ्चारमाध्यममा महिला सहभागिता कम…

hero news full width