विन्ध्यवासिनीमा मतदानबाटै क्याप्टेन र सहक्याप्टेन चयन

आदर्श समाज सम्वाददाता
जेठ ११, २०८१
bindhyabasini school

पोखरा । विन्ध्यवासिनी मावि, बाटुलेचौरमा निर्वाचन प्रक्रियामार्फत स्कुल क्याप्टेन र सहक्याप्टेन चयन गरिएको छ । संघीय निर्वाचनको झल्को दिने गरी मतप्रक्रिया मार्फत क्याप्टेनमा क्रिकेट व्याट चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका विद्यार्थी गणेश शर्माले ३ सय ६५ मत प्राप्त गर्दै विजयी भए । उनका निकटतम् प्रतिस्पर्धी सनम भुजेलले १ सय १३ मत प्राप्त गरे । क्याप्टेनमा ५ जनाले प्रतिष्पर्धा गरेका थिए ।

सहक्याप्टेनमा भकुण्डो चुनाव चिन्ह लिएर मैेदानमा उत्रिएका विश्वास पोखरेललाई १ सय ४४ मतले पराजित गर्दै अनुष्का गुरुङ विजयी भइन् । उनले ३ सय २ मत प्राप्त गरेको निर्वाचन आयुक्तको जिम्मेवारी सम्हालेका सामाजिक विषयका शिक्षक कृष्णप्रसाद पौडेलले बताए । क्याप्टेनमा वृन्दा कँुवर, ईश्वर पाख्रिन र करुण आचार्य तथा सहक्याप्टेनमा रिकान्त शर्मा चुनावी मैदानमा उत्रिएका थिए ।

सहक्याप्टेनका लागि ३ जनाले उम्मेदवारी दिएको निर्वाचन आयुक्त पौडेलले बताए । कक्षा ५ देखि १० सम्मका विद्यार्थीले मतदान प्रक्रियामा भाग लिएको सो निर्वाचनमा ५ सय ८२ मत खसेकोमा १५ मत बदर भएको थियो । बिहान ११ देखि सुरु मतदान २ घण्टासम्म चलेको थियो । मतदा लगत्तै पर्यवेक्षक, सुरक्षाकर्मी र प्रत्यासीका प्रतिनिधि रोहवरमा मुचुल्का गरी कडा सुरक्षा घेराबीच मतगणना गरिएको थियो । ४ वटा मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृतका रुपमा १६ जना विद्यार्थी खटिएका थिए । विद्यालयको पाठ्यक्रमै निर्वाचन र मतदानका विषय समावेश भएकाले पनि प्रयोगात्मक अभ्यासको रुपमा निर्वाचन गरिएको प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले बताए ।
निर्वाचनमा सुरक्षाकर्मी, पत्रकार, पर्यवेक्षक, एजेन्ट, स्वयंसेवक र निर्वाचन कर्मचारीको रुपमा विद्यार्थी नै खटिएका थिए ।

गत बुधबार मनोनयन दर्ता गरेका उम्मेदवार विद्यार्थी मतदाताबीच आफना प्रतिबद्घता सार्वजनिक गरेका थिए । मतपत्र बाहेक निर्वाचनका आवश्यक सामग्री भने जिल्ला निर्वाचन कार्यालय कास्कीले सहयोग गरेको थियो ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंहमा छात्रवृत्ति वितरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । अमरसिंह मावि, रामघाटमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण गरिएको छ । सो अवसरमा कक्षा १२…
  • गण्डकी बोर्डिङलाई अन्तर्राष्ट्रियस्तरको बनाउने प्रण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी बोर्डिङ स्कुल (जिबिएस) का नवनियुक्त प्रिन्सिपल डा. विश्वयुधीर पौडेल घर्तीले सबैजना मिलेर जिबिएसलाई अन्तर्राष्ट्रियस्तरको विद्यालय बनाउने प्रण…
  • जानकीका विद्यार्थीलाई पोखरा ग्राण्डको साथ

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    गण्डकी । विद्यार्थीको सिकाईलाई पाठ्यक्रम महत्वपूर्ण हुन्छ । त्यसैलाई मध्यनजर गर्दै पोखरा १७ महतगौंडास्थित जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई पोखरा ग्रान्डले…
  • प्रतिभा माविको विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. बुद्धिबहादुर थापाले कुनै पनि विषयको अध्ययनमा हिम्मत नहार्न विद्यार्थीलाई सुझाएका छन्…
  • सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड

    आदर्श समाज सम्वाददाता श्रावण ७, २०८१
    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागितामा जोड दिएकी छन्। सञ्चारमाध्यममा महिला सहभागिता कम…

hero news full width