गण्डकीमा १ लाख १० हजार बालबालिकालाई आइपिभी

आदर्श समाज सम्वाददाता
जेठ ११, २०८१
vaccine

पोखरा ।  गण्डकी प्रदेशमा जेठ १३ गतेदेखि पोलियो रोगबिरुद्धको खोप सञ्चालन हुने भएको छ । इनएक्टिभेटेड पोलियो भ्याक्सिन (आइपिभी) खोप अभियान जेठ २६ गतेसम्म सञ्चालन हुनेछ ।

पोलियो उन्मुलनका लागि देशैभर सञ्चालन गरिने आइपिभी अभियान अन्तर्गत गण्डकीमा पनि जेठ १३ गतेदेखि जेठ २६ गतेसम्म यो अभियान सञ्चालन गरिन लागेको हो । अभियान अन्तर्गत देशैभर १४ लाख बढी बालबालिकालाई उक्त खोप लगाइने जनाइएको छ । गण्डकीका ११ जिल्लाका १ लाख १० हजार ३ सय २७ जना बालबालिकालाई आइपिभी खोप लगाइने गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आइपिभी खोप अभियान अन्तर्गत सबै बालबालिकालाई भने खोप नलगाइने सामाजिक विकास तथा स्वास्थ्य निर्देशनालय गण्डकीका खोप अधिकृत एकनारायण लम्सालले जानकारी दिए । उनका अनुसार विसं २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकाहरुलाई मात्र आइपिभी खोप लगाइनेछ । सो समयमा आइपिभी खोप उत्पादन नभएका कारण ती बालबालिकालाई खोप लगाइएको थिएन ।

खोप अधिकृत एकनारायण लम्सालका अनुसार कास्कीमा २८ हजार ३ सय ७, स्याङ्जामा १० हजार १ सय ४५, गोरखामा ८ हजार ५ सय ३९, लमजुङमा ६ हजार ६ सय ६५, पर्वतमा ५ हजार ७ सय, म्याग्दीमा ४ हजार ३ सय ५६, मुस्ताङमा ४ सय ५० र मनाङमा १ सय ५३ जना बालबालिकालाई खोप लगाईंदैछ । त्यस्तै, नवलपुरमा १९ हजार ७ सय २९, तनहुँमा १४ हजार ५ सय १२ र बागलुङमा ११ हजार ७ सय ७७ जना बालबालिकालाई खोप लगाइने उनले जानकारी दिए । विद्यालयमा खोप लगाउन छुटेका बालबालिकाहरुलाई भने अन्तिम दिन स्वास्थ्य संस्थामा लगाइने उनले जानकारी दिए ।

अभियान अन्तर्गत खोप लगाइने बालबालिकाहरुलाई विद्यालयमै गएर खोप लगाइने मन्त्रालयका सचिव डा. विनोदविन्दु शर्माले बताए । खोप अभियानका लागि गण्डकीमा ११ जिल्लामा ३ हजार ४ सय ५३ वटा खोप केन्द्र निर्धारण गरिएको छ । जसका लागि सोही मात्रामा स्वास्थ्यकर्मीसँगै ६ हजार ९ सय ६ जना स्वयंसेवक खटाइने उनले बताए ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width