प्रतिपक्षबिनै बस्यो प्रदेश सभाको बैठक, बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत भएन

आदर्श समाज सम्वाददाता
जेठ ११, २०८१
province assembly

पोखरा । प्रतिपक्षी दलको लहरमा राखिएका पूरै कुर्सी खाली राखेर गण्डकी प्रदेश सभाको बैठक बसेको छ ।

सदनमा आगामी बजेटको सिद्धान्त र प्राथमिकता पेस गर्ने कार्यसूचीसहित बैठक बसेको थियो । कार्य व्यवस्था परामर्श समितिको बैठकमा समेत विपक्षी दलका प्रतिनिधि कोही पनि उपस्थित थिएनन् ।

तैपनि बोलाइएको बैठक बस्ने निर्णय समितिले गरेको थियो । बैठक सुरु भएलगत्तै सभामुख कृष्णप्रसाद धितालले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए । जसमा मन्त्रीपरिषद पुनर्गठन सम्बन्धी जानकारी थियो । कार्यसूचीको दोस्रो नम्बरमा आगामी बजेटको सिद्धान्त र प्राथमिकता पेस गर्ने उल्लेख थियो ।
सभामुखको आसनको दायाँतर्फको प्रतिपक्षको लहर खाली रहेकाले कार्यसूचीमा रहेको दोस्रो बुँदालाई कार्यसूचीबाट हटाएर बैठक १५ गते दिउँसो १ बजेसम्मका लागि स्थागन गरिएको छ ।

प्रतिपक्षमा रहेका नेपाली कांग्रेस र राप्रपा बैठकमा उपस्थित भएनन् । माओवादी संसदीय दलमा रहेका नेसपाका फडिन्द्र देवकोटा समेत बैठकमा आएनन् । बैठकमा उपस्थित हुने सदस्यले प्रतिदिन १ हजार रुपैयाँ भत्ता र यातायातबाट दैनिक ७ सय रुपैयाँ पाउने प्रावधान छ । सुविधा गाडी पाउने भने यातायात खर्चवापतको रकम पाउँदैनन् ।

वैशाख २३ मा मुख्यमन्त्री खगराज अधिकारीले सदनबाट लिएको विश्वासको मत कानुनसम्मत नभएको भन्दै कांग्रेस मुद्दा लिएर सर्वोच्च गएको छ । सर्वोच्चले अधिकारी सरकारलाई दीर्घकालीन महत्व राख्ने निर्णय नगर्न आदेश समेत दिइसकेको छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width