प्रतिपक्ष अनुपस्थित भए पनि गण्डकीको संसद बैठक बस्ने

आदर्श समाज सम्वाददाता
जेठ ११, २०८१
parle – 2081-02-11

पोखरा । प्रतिपक्षी दलहरु उपस्थित नभए पनि गण्डकी प्रदेश सभाको बैठक आज ३ बजे बस्ने भएको छ । आज भएको कार्य व्यवस्था परामर्श समितिको बैठकले उक्त निर्णय गरेको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रदेश सभाको बैठकमा उपस्थित हुने नहुनेबारे आधिकारिक सूचना सचिवालयमा प्राप्त नभएकाले बैठक बस्ने निर्णय गरिएको हो । कार्य व्यवस्था समितिको बैठकमा एमाले, माओवादी र सरकारको प्रतिनिधित्व भए पनि कांग्रेस र राप्रपाका प्रतिनिधि उपस्थित भएनन् ।

माओवादीकै तर्फबाट कार्य व्यवस्थामा प्रतिनिधित्व गर्ने समाजवादी पार्टीका फडिन्द्र देवकोटा समेत बैठकमा आएनन् ।

प्रदेश सभाको बैठक बस्ने तर प्रतिपक्षी दलहरु उपस्थित नभएमा जेठ १५ गते १ बजे बैठक बस्ने निर्णय कार्य व्यवस्थाले गरेको छ ।

बजेट पेस हुनुभन्दा १५ दिन अगावै सरकारको सिद्धान्त र प्राथमिकता सदनमा पेस गर्नुपर्ने व्यवस्था अनुसार आज बैठक बस्न लागेको हो । तर आज बैठक बसे पनि सिद्धान्त र प्राथमिकता भने पेस नहुने बैठकमा सहभागी १ सदस्यले बताए ।

मुख्यमन्त्री अधिकारीले पाएको विश्वासको मतमाथि नै प्रश्न उठाएर रिट हालेको प्रमुख प्रतिपक्षी दल कांग्रेसले अहिलेको अवस्थामा बैठकमा सहभागी हुन नसकिने धारणा सार्वजनिक नै गरिसकेको छ ।
बैठक सुरु हुनुअघि बैठक कक्षको सुरक्षा जाँच समेत गरिसकिएको छ । प्रहरीका कुकुर लगेर कक्षमा निरीक्षण गरिएको छ । त्यसै अनुसार मर्यादापालक समेत तैनाथ भइसकेका छन् ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width