पोखरा । अन्नपूर्ण–७, लान्द्रुकमा आयोजित भिरमौरीको मह काढ्ने महोत्सव अवसरमा १८ जना भिरौटे (भिरबाट मह काढ्ने व्यक्ति) सम्मानित भए ।
सम्मानित हुनेमा आनन्द पौडेल, घनश्याम चापागाई, नक्कल गुरुङ, खड्गबहादुर मगर, मनबहादुर पुन मगर, भीमबहादुर गुरुङ, भीमबहादुर पुन मगर, अर्जुन गुरुङ र जय पौडेल क्षत्री छन् । त्यस्तै, स्थानीय जंगवीर क्षत्री, प्रतापबहादुर गुरुङ, भमोरसिंह गुरुङ, देवीलाल भण्डारी, सेते गुरुङ, नन्दलाल भण्डारी, क्षेरलाल गुरुङ, वाल पाध्या र लीला पाध्यालाई पनि मरणोपरान्त सम्मान गरिएको छ ।
भिरमौरीका साथै महभिरको संरक्षण गर्दै गाउँको चिनारी बढाउन योगदान पु¥याएकामा उनीहरुलाई अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी, उपाध्यक्ष चन्द्रकला अधिकारी लगायत मूल आयोजक समितिले सम्मानपत्र र दोसल्लासहित सम्मान गरेका हुन् ।
मंगलबारदेखि ३ दिनसम्म आयोजित तेस्रो संस्करणको महोत्सवबीच स्थानीय मोदीखोला किनारको कोटेसाङ भिरमा रहेका ३० घारगोलाबाट करिब २ सय ५० सय लिटर मह संकलन गरिएको छ । संकलित मह प्रतिलिटर ३ हजारमा बिक्री हुने जनाइएको छ ।
अन्नपूर्ण आधार शिविर तथा मर्दी हिमाल पदमार्गमा पर्ने उक्त स्थानमा आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको मूल आयोजक समिति अध्यक्ष सुरेश गुरुङले जानकारी दिए ।
महोत्सव उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले नौलो कार्यक्रम गरेकोमा स्थानीयलाई धन्यवाद दिए । उनले महोत्सवले लान्द्रुक लगायत अन्नपूर्ण गाउँपालिकालाई नै ब्रान्डिङ गर्न सफल भएको बताए । गाउँपालिका किसानको पक्षमा रहेको सुनाउँदै अध्यक्ष केसीले आगामि ३ वर्षभित्र चन्द्रकोट हुँदै लान्द्रुक पुग्ने अधिकांश बाटो ढलान गर्ने प्रतिबद्धता जनाए । उनले वडा ७ र १० जोड्ने गरी मोदीखोलामाथि पक्की पुल निर्माणको प्रक्रिया अगाडि बढेको जनाउँदै पुल निर्माणसँगै स्थानीयलाई सहजता थपिने विश्वास लिए ।
उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारीले आर्थिक समृद्धिका लागि महोत्सवको भूमिका रहने आंैल्याउँदै पर्यटन सँगसँगै कृषिलाई पनि महत्व दिन स्थानीयलाई सुझाव दिइन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले परागशेचन प्रक्रियामा मौरीको भूमिका अतुलनीय रहने चर्चा गर्दै इतिहास र मौलिकता नमर्ने गरी महोत्सवलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
गाउँपालिका प्रवक्ता एवं वडाध्यक्ष भरतमान गुरुङले महोत्सवले लान्द्रुकलाई पहिचान दिएको जनाउँदै विभिन्न क्रियाकलापमार्फत अझै त्यस क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न बाँकी रहेको प्रस्टाए ।
त्यस अवसरमा पालिकास्तरीय महिला सञ्जाल अध्यक्ष कमला केसी, समाजसेवी श्यामबहादुर गुरुङ, वडा सदस्यद्वय गौप्रसाद गुरुङ र रामबहादुर गुरुङ, महोत्सव मूल आयोजक समिति अध्यक्ष सुरेश गुरुङ, सचिव बलबहादुर केसी, स्थानीय मोतीबहादुर गुरुङ, लक्ष्मण भण्डारी लगायतले पर्यटनमार्फत लान्द्रुकको पहिचानलाई विश्ववजारमा पुर्याउनुपर्नेमा जोड दिए ।
लान्दु्रकमा प्रत्येक वर्ष कात्तिक÷मंसिर तथा वैशाख÷जेठमा गरी २ पटक भिरमौरीको मह काढ्ने गरिन्छ । भिरबाट मह निकाल्न स्थानीयले डोरीको भ¥याङ, मह संकलन गर्ने भाँडो, गोला तान्ने डोरी, छाती र कम्मरमा सुरक्षाका लागि पेटी, गाग्री, डोको लगायतका सामग्री प्रयोग गर्ने गर्दछन् ।
Related News
सम्बन्धित समाचार
विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
गण्डकीमा मगर र गुरुङ भाषा : सरकारी कामकाजी बनाउन प्रक्रिया थालनी
पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
hero news full width
मुख्य समाचार
महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
एउटै क्लबका २ टिम फाइनल पुगेपछि समझदारीमा विजेता घोषणा
माघ ५, २०८१मिस तामाङका प्रतिस्पर्धीले देखाए ट्यालेन्ट
माघ ५, २०८१अध्यादेशको विरोधमा कास्कीका ३५ शिक्षकले दिए सामूहिक राजीनामा
माघ ५, २०८१पोखरा महानगरले आजदेखि करार कर्मचारीलाई हाजिर नगराउने
माघ ४, २०८१पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
माघ ४, २०८१