डिसहोमद्वारा १५ सहरमा रोड–शो, पोखरामा शुक्रबार

आदर्श समाज सम्वाददाता
जेठ १०, २०८१
DishHome le आउदो T20 र Euro 2024 लाई लक्षित गरी देशको विभिन्न १५ वटा शहरहरुमा रोड (1)

पोखरा । रेडियो अन–व्हील्स रोड–शो कार्यक्रमसँगको सहकार्यमा डिशहोमले आफ्नो सेवासुविधाको प्रचार गरेको छ ।

गत २५ वैशाखदेखि सुरु सो कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक प्रस्तुति हुनेछन् । कार्यक्रममा शिव परियार, महेश काफ्ले, विश्व नेपाली, टीका प्रसाईं तथा सुमन कार्की लगायत ख्यातिप्राप्त कलाकारको प्रस्तुति रहनेछ । महिमा पण्डी भट्टराई, सञ्जोक बस्याल, दुर्गाराज पाण्डे, स्मीता राणा, प्रज्ज्वल खड्का र महेश लिम्बु प्रस्तोता छन् ।

यसबाहेक अन्य रोमाञ्चक गतिविधिसमेत हुने जनाइएको छ । सहभागीले विभिन्न खेलमा भाग लिई पुरस्कार जित्न सक्नेछन् ।

धरान बसपार्कबाट गत २५ वैशाखदेखि सुरु रेडियो अन व्हिल कार्यक्रम पोखरामा ११ जेठ, शुक्रबार हुँदैछ । यसअघि, इटहरी, दमक, बिर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा, नारायणघाट, बुटवल, धनगढी, सुर्खेत र नेपालगञ्जमा भइसकेको छ । यही १४ जेठमा काठमाडौंमा पुगी समापन हुनेछ ।

कार्यक्रमले देशैभर हजारौं जनालाई पूर्ण मनोरञ्जन गराउने विश्वास आयोजकले लिएको छ । डिस होमले आउँदो टि२० र युरो–२०२४ लक्षित गरी देशका १५ सहरमा रोड–शो गरेको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • दृष्टिका लागि ठिक्क पावरको चस्मा हुनुपर्छ

    डिल्लीराम सुवेदी असार ४, २०८१
    निकै थोरै समय र राजनीतिक रस्साकस्सीको बीचमा आएको यो नीति तथा कार्यक्रम सन्तुलित देखिन्छ । यसले अलिकति सपना पनि देखेको…
  • किन घटेर आयो गण्डकीको बजेट ?

    आदर्श समाज सम्वाददाता असार ४, २०८१
    पोखरा । चालु आर्थिक वर्षमा सरकारले प्रक्षेपण गरेमध्ये संघ सरकारले दिने भनेको १ अर्ब ९८ करोड रुपैयाँ समानीकरण अनुदान पठाएको…
  • डा. एलियामालाई गण्डकी नारी सम्मान

    आदर्श समाज सम्वाददाता असार ३, २०८१
    पोखरा । लायन्स क्लब अफ पोखरा गण्डकीले शिक्षा तथा समाजिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएकी शिक्षाविद् डा.एलियामा जोनलाई ‘गण्डकी नारी सम्मान’…
  • पोखरा १२ का बासिन्दालाई मणिपाल हस्पिटलमा छुट

    आदर्श समाज सम्वाददाता असार ३, २०८१
    पोखरा । पोखरा महानगरपालिका १२ का बासिन्दाले पोखराको मणिपाल हस्पिटलमा उपचार गर्दा छुट पाउने भएका छन । वडा कार्यालय र…
  • गण्डकीको बजेट ३३ अर्ब

    प्रकाश ढकाल असार ३, २०८१
    पोखरा । गण्डकी सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि करिब ३३ अर्बको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा.…

hero news full width