न्यायिक समिति उत्कृष्ट भएको दाबी

आदर्श समाज सम्वाददाता
जेठ ९, २०८१
mayor

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 2;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 44;

पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले न्याय निरुपणका हिसाबले पोखरा महानगरपालिकाको न्यायिक समिति उत्कृष्ट रहेको दाबी गरेका छन् ।

पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा बुधबारदेखि सञ्चालित मेलमिलापकर्ताका लागि सञ्चालित पुुनर्ताजगी तालिम उद्घाटन गर्दै उक्त दाबी गरेका हुन् । उनले भने, ‘न्याय सम्पादन निरुपण गर्न दिएको काममा राम्रो कार्यसम्पादन गरेको स्थानीय तहका रुपमा स्थापित भएको छ । महानगरमा आउने क्षेत्राधिकारभित्रका विवाद र समस्यालाई न्यायिक समितिले निरुपण गरेका हकमा अदालतबाट पनि सुरु समितिकै निर्णय सदर भएका छन् । यसले गर्दा यहाँको न्यायिक समिति उत्कृष्ट ठहरिएको छ ।’

उनले न्यायिक समितिमा थुप्रै समस्या नआएका र त्यसका लागि वडा तहमा मेलमिलाप केन्द्र स्थापना गरिएको बताए ।

महानगर उपमेयर एवं न्यायिक समितिका संयोजक मञ्जुुदेवी गुुरुङले विवाद समाधानको उपयुक्त उपाय भएको बताए । ‘मेलमिलापले विवादका दुवै पक्षलाई जितको अवस्था सिर्जना गर्ने भएकाले मेलमिलापले समाजमा सद्भाव कायम हुने गर्दछ,’ उनले भनिन् । उनले न्यायिक समितिलाई उत्कृष्ट बनाउन मेलमिलापकर्ताको सहयोग र साथले सम्भव नभएको बताउँदै तालिमले विवाद समाधानमा सहयोग पुुग्ने विश्वास ब्यक्त गरिने ।

न्यायिक समिति सदस्य कालिदास पोखरेलले मेलमिलापकर्तालाई सहज हुने बताए । ३ सम्म चल्ने तालिममा पोखरा वडा १९ देखि ३३ सम्मका मेलमिलापकर्ताले भाग लिएका छन् ।

Related News

सम्बन्धित समाचार

  • दृष्टिका लागि ठिक्क पावरको चस्मा हुनुपर्छ

    डिल्लीराम सुवेदी असार ४, २०८१
    निकै थोरै समय र राजनीतिक रस्साकस्सीको बीचमा आएको यो नीति तथा कार्यक्रम सन्तुलित देखिन्छ । यसले अलिकति सपना पनि देखेको…
  • किन घटेर आयो गण्डकीको बजेट ?

    आदर्श समाज सम्वाददाता असार ४, २०८१
    पोखरा । चालु आर्थिक वर्षमा सरकारले प्रक्षेपण गरेमध्ये संघ सरकारले दिने भनेको १ अर्ब ९८ करोड रुपैयाँ समानीकरण अनुदान पठाएको…
  • डा. एलियामालाई गण्डकी नारी सम्मान

    आदर्श समाज सम्वाददाता असार ३, २०८१
    पोखरा । लायन्स क्लब अफ पोखरा गण्डकीले शिक्षा तथा समाजिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएकी शिक्षाविद् डा.एलियामा जोनलाई ‘गण्डकी नारी सम्मान’…
  • पोखरा १२ का बासिन्दालाई मणिपाल हस्पिटलमा छुट

    आदर्श समाज सम्वाददाता असार ३, २०८१
    पोखरा । पोखरा महानगरपालिका १२ का बासिन्दाले पोखराको मणिपाल हस्पिटलमा उपचार गर्दा छुट पाउने भएका छन । वडा कार्यालय र…
  • गण्डकीको बजेट ३३ अर्ब

    प्रकाश ढकाल असार ३, २०८१
    पोखरा । गण्डकी सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि करिब ३३ अर्बको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा.…

hero news full width