पोखरा । कास्की मोडेनाइज्ड एकेडेमी, चाउथेले यस वर्ष विद्यालयमा भर्ना भएका नयाँ विद्यार्थी तथा नवनियुक्त शिक्षकलाई स्वागत तथा सम्मान कार्यक्रम गरेको छ । विद्यालयले प्रत्येक वर्ष नयाँ विद्यार्थी तथा शिक्षकलाई स्वागत तथा सम्मान गर्दै आएको छ । उक्त कार्यक्रमलाई निरन्तरता दिँदै अहिले जेठ ८ र ९ गते विद्यालयको आफ्नै प्रेक्ष्यालयमा उक्त कार्यक्रम सम्पन्न गरेको थियो ।
संस्थापक प्राचार्य रामबहादुर मोचीले कास्की मोर्डनाइज्ड एकेडेमी शैक्षिक ल्याब भएको बताए । यहाँबाट विद्यार्थीले धेरै क्षेत्रका धेरै कुरा सिक्न र शिक्षकले सिकाएर नतिजा निकाल्न सक्ने कुरा व्यक्त गर्दै नवआगन्तुक सबैलाई स्वागत गरे ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष राधा नेपालीले विद्यार्थीलाई आवश्यक हरेक कुराको व्यवस्थापन गरिएको र यदि थप आवश्यक परेमा विद्यालयले त्यसलाई पूरा गर्ने भन्दै पढ्ने र पढाउने कुरामा सकेसम्म युगको माग अनुसार अगाडि बढ्नु पर्ने बताए । सहप्राचार्य शिवलाल उपाध्यायले नवप्रवेशी शिक्षक तथा विद्यार्थीले नयाँ महसुुुस नगरी आफ्नो कार्य क्षेत्रमा लाग्न र हामी तपाईंको गाह्रो साह्रोमा सधैं साथमा रहेको कुरा बताउँदै विद्यालयका नीतिगत कुरामा एक भएर लाग्नु पर्ने बताए ।
नवआगन्तुक विद्यार्थी र शिक्षकलाई खादा तथा मायाको चिनो प्रदान गरिएको थियो । सोही कार्यक्रममा शैक्षिक सत्र–२०८० को शैक्षिक पुरस्कार, उकृष्ट मनिटर, उत्कृष्ट सरसफाइ, अनुशासन एवं सबै क्षेत्रमा उत्कृष्ट प्रमाणित हुने विद्यार्थीलाई अल राउण्डर अफ दि इयरसमेत प्रदान गरिएको थियो ।
विभिन्न तह र चरणमा सञ्चालित उक्त कार्यक्रममा शैक्षिक प्रमुख शिवु ढकाल, मिलन तिमिल्सिना, गंगा आले, कल्पना गुर्माछन, पवित्रा तामाङ, निर्मला पहारी, नयाँ तथा पुराना विद्यार्थीले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा विद्यार्थीले विभिन्न नृत्य तथा गायन प्रस्तुत गरेका थिए भने कार्यक्रम सञ्चालन शिक्षक अनुराग अधिकारीको नेतृत्वमा आरजे एमसी विधाका विद्यार्थीद्वारा गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
लाइसेन्स ट्रायलमा अब सुजुकीको अल्टो के१० र हिरो होण्डा पनि, सनराइजले दियो सुविधा
करार र काजले भरिएको पोखरा महानगर
खुदीखोलाका मगरहरुले मनाए माघी
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
hero news full width
मुख्य समाचार
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
पौष २९, २०८१