फिस्टेल एसइई कपमा फिस्टेल र भद्रकाली च्याम्पियन

आदर्श समाज सम्वाददाता
जेठ ९, २०८१
fishtail Basketball

पोखरा । फिस्टेल एकेडेमी मावि, बिरौटाद्वारा आयोजित ‘फिस्टेल एसइई कप २०८१’ मा छात्रा बास्केटबलतर्फ फिस्टेल एकेडेमी र सेभेन ए साइड फुटबलतर्फ भद्रकाली मावि च्याम्पियन बनेका छन् ।

बुधबार बास्केटबल फाइनलमा फिस्टेलले कुमुदिनी होम्सलाई पराजित गरी च्याम्पियन बनेको हो । विजेता फिस्टेलले १० हजार हात पारेको छ । उपविजेताले ५ हजार साथमा मेडल, ट्रफी र प्रमाणपत्र पायो ।

फुटबलतर्फ शान्ति निकुञ्जलाई २–१ गोलले पराजित गर्दै भद्रकाली मावि च्याम्पियन बन्यो । विजेता भद्रकालीले नगद १५ हजार र उपविजेताले १० हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

यसअघि फुटबलतर्फ पहिलो सेमिफाइनलमा शान्ति निकुञ्जले कालिका माविलाई २–१ ले पराजित गरी फाइनलको यात्रा तय गरेको थियो । भद्रकालीले मदरल्यान्ड माविलाई ७–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

बास्केटबलतर्फ सेमिफाइनलमा फिस्टेल एकेडेमीले हिलप्वाइन्टलाई र कुमुदिनीले बालकल्याणलाई पराजित गर्दै फाइनलको यात्रा गरेका थिए । प्रतियोगितामा एसइई–२०८० मा सम्मिलित विद्यार्थीले भाग लिएका थिए ।

विजेता र उपविजेतालाई पोखरा १७ का वडाध्यक्ष राधिकाकुमारी शाही, विद्यालयका प्रबन्ध निर्देशक एलिस रानाभाट, घारीकुलो टोल विकास समिति अध्यक्ष गोविन्द गिरी र तल्लो बिरौटा टोल विकास समिति अध्यक्ष फसैबहादुर कुँवरले संयुक्त रूपमा नगद, प्रमाणपत्र, ट्रफी र मेडल प्रदान गरेका हुन् ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width