लैगिक हिंसाबारे विद्यालय परिवारसँग अन्तरक्रिया

आदर्श समाज सम्वाददाता
जेठ ९, २०८१
Mahola Aaoyog

स्याङ्जा ९ जेठ । राष्ट्रिय महिला आयोगले विद्यालयस्तरमा हुने लैंगिक हिंसा निवारणका सम्बन्धमा शिक्षक, विद्यार्थी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीबीच अभिमुखीकरण कार्यक्रम गरेको छ ।

जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद घर्तीले कार्यक्रम उद्घाटन गर्दै अपरिचित ब्यक्तिसँग अनावश्यक बोलचाल गर्न नहुने बताए । चिनजान नभएका ब्यक्तिसँग सम्बन्ध बिस्तार नगर्न सुझाव दिँदै उनले सुरुमा प्रलोभन देखाउँदै पछि हिंसासंगै ठूल्ठूला आपराधिक घटनासम्म घट्न सक्ने आशंका ब्यक्त गरे ।

नगर प्रमुख तुलसीराम रेग्मीले पुतलीबजार नगरपालिका सबै बालबालिकाले शिक्षा पाउनु पर्नेमा आफू संवेदनशील रहेको बताए । नगरप्रमुख भएदेखि पुतलीबजारका विद्यालयमा यस्ता खालका हिंसात्मक घटना नघटेको जनाउँदै यस्ता घटना हुन नदिन सबै सचेत र सजग बन्नुपर्नेमा जोड दिए ।

नगरभित्रका विद्यार्थीलाई संघीय सरकारले दिएको खाजा रकमको दैनिक १५ रुपैयाँमा पुतलीबजारले १० रुपैयाँ थप दिएको र स्याङ्जाको सरकारी विद्यालयमा सञ्चालित सवइन्जिनियरिङ् पढ्ने विद्यार्थीका लागि १ लाख १० हजार आर्थिक अनुदान दिएको नगरप्रमुख रेग्मीले जानकारी गराए ।

कार्यक्रममा राष्ट्रिय महिला आयोगका सदस्य कृष्णकुमारी पौडेल, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, प्रहरी उपरीक्षक शालिकराम शर्मा, आयोगका उपसचिव सीता अधिकारीले महिला तथा बालबालिका सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका छन् ।
कार्यक्रममा पत्रकार महासंघ अध्यक्ष श्रीकृष्ण सिग्देल, शिक्षक सीता नेपाल, बाल सञ्जालका अध्यक्ष सुजाता पौडेल लगायतले सुझावसहितका धारणा सुनाएको राष्ट्रिय महिला आयोगका उपसचिव सीता अधिकारीले बताइन् ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width