आइडिया मार्टमा १० समूह छनोट

आदर्श समाज सम्वाददाता
जेठ ९, २०८१
pokhara idea mart

पोखरा । पोखरा महानगर व्यवसाय प्रवद्र्धन केन्द्रद्वारा आयोजित पोखरा आइडिया मार्ट २०८१ तथा बुट क्याम्पमा सहभागीमध्ये अन्तिम प्रतिस्पर्धाका लागि १० समूह छनोट भए । जसमा डिभाइन डिस, इभालय टेक, ग्रिनोभेसन, निटी, आवर सिटी इज जिरो वेस्ट, रेन्टल, टीम

स्वीफ्ट वे, थिन क्लाइन्ट, ट्रेक गाइड कनेक्ट र ट्रफअपसाइकल हुन् । केन्द्रले गत ६ देखि ८ जेठसम्म पोखरा आइडिया मार्ट तथा बुट क्याम्प गरेको केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले बताए ।

निर्णायकमा पोखरा विश्वविद्यालयका बलराम भट्टराई, पोखरा महानगरपालिका नगर योजना आयोगका डा. होमनाथ गैरे, आइटी एक्सपर्ट सशीसा बराल र एनएमबी बैंकका प्रोभिन्स म्यानेजर सुदीप पौडेल थिए । आइडिया मार्टमा ३५ समूहले आवेदन प्रस्तुत गरेका थिए ।

अन्तिम प्रतिस्पर्धा मार्फत प्रथमले ५० हजार, दोस्रोले ४० हजार, तेस्रोेले ३० हजार र सान्त्वना हुनेले २० हजार प्राप्त गर्नेछन् । अन्तिम प्रतिस्पर्धा २० जेठमा हुनेछ ।

Related News

सम्बन्धित समाचार

  • दृष्टिका लागि ठिक्क पावरको चस्मा हुनुपर्छ

    डिल्लीराम सुवेदी असार ४, २०८१
    निकै थोरै समय र राजनीतिक रस्साकस्सीको बीचमा आएको यो नीति तथा कार्यक्रम सन्तुलित देखिन्छ । यसले अलिकति सपना पनि देखेको…
  • किन घटेर आयो गण्डकीको बजेट ?

    आदर्श समाज सम्वाददाता असार ४, २०८१
    पोखरा । चालु आर्थिक वर्षमा सरकारले प्रक्षेपण गरेमध्ये संघ सरकारले दिने भनेको १ अर्ब ९८ करोड रुपैयाँ समानीकरण अनुदान पठाएको…
  • डा. एलियामालाई गण्डकी नारी सम्मान

    आदर्श समाज सम्वाददाता असार ३, २०८१
    पोखरा । लायन्स क्लब अफ पोखरा गण्डकीले शिक्षा तथा समाजिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएकी शिक्षाविद् डा.एलियामा जोनलाई ‘गण्डकी नारी सम्मान’…
  • पोखरा १२ का बासिन्दालाई मणिपाल हस्पिटलमा छुट

    आदर्श समाज सम्वाददाता असार ३, २०८१
    पोखरा । पोखरा महानगरपालिका १२ का बासिन्दाले पोखराको मणिपाल हस्पिटलमा उपचार गर्दा छुट पाउने भएका छन । वडा कार्यालय र…
  • गण्डकीको बजेट ३३ अर्ब

    प्रकाश ढकाल असार ३, २०८१
    पोखरा । गण्डकी सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि करिब ३३ अर्बको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा.…

hero news full width