लेखनाथ । पोखरा २७ लाई पूर्ण खोप वडा घोषणा गरिएको छ । आइतबार एक कार्यक्रमबीच सबै बालबालिकालाई पूर्ण खोपका मात्र प्रदान गरिएको तथ्यांक प्रस्तुत गरी पूर्ण खोपको प्रमाणपत्र प्रदान गरिएको हो ।
वडाले चालु आवको १५ महिनासम्म १ सय ५१ र १६ महिनादेखि ५९ महिनाभित्रका ४ सय ३६ जना बालबालिकाका लागि आवश्यक १३ प्रकारका खोपको मात्र पूरा गरेकाले पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको हो ।
कार्यक्रममा पोखरा महानगरपालिका स्वास्थ्य महाशाखका स्वाथ्य अधिकृत हरिलाल आचार्यले वडाध्यक्ष पूर्णकुमार गुरुङलाई पूर्ण खोप सुनिश्चिताको प्रमाणपत्र प्रदान गर्दै आगामी दिनमा सबै बालबालिकाको स्वास्थ्यलाई ख्यालमा राख्दै रोग लाग्नुपूर्व नै होशियारी अपनाउन पनि आग्रह गरे ।
राष्ट्रिय खोप अभियान सफल पार्न स्वाथ्यकर्मीदेखि स्वयंसेविकाले गरेको योगदानको उच्च कदर गर्दै सरकारले वैशाख महिनालाई खोप महिनाको रुपमा मनाउँदै आएको र समयमा नै सबै बालबालिकालाई अनिवार्य रुपमा खोप प्रदान गर्नका लागि स्वाथ्य अधिकृत आचार्यले अनुरोध गरेका थिए ।
वडाध्यक्ष पूर्णकुमार गुरुङले बालबालिकाको मृत्युदर कम गर्न र भोलिका बच्चालाई कसरी निरोगी बनाउन सकिन्छ भन्नेबारे वडा चिन्तनशील भएकाले यसमा सबैको साथ र सहयोगको आवश्यकता रहेको बताएका थिए । कार्यक्रममा स्वाथ्यचौकीकी प्रमुख रीता बास्तोला र स्वाथ्यकर्मी सविना बस्ताकोटीले बच्चादेखि आमाको स्वास्थ्यसमेत ख्यालमा राख्दै स्वास्थ्य परामर्श र घरघरमा पुगेर समयमा नै खोप लगाउन आफूहरु सफल भएको बताए ।
Related News
सम्बन्धित समाचार
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव
पोखरा महानगरले आजदेखि करार कर्मचारीलाई हाजिर नगराउने
एन प्याब्सन महाधिवेशन फागुनमा
रिहर्सलमा ‘सपना डिलक्स कोच’
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
hero news full width
मुख्य समाचार
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१