माछापुच्छ्रेमा नमुना युवा संसद अभ्यास

आदर्श समाज सम्वाददाता
जेठ १, २०८१
Youba namuna abhyask

पोखरा । माछापुच्छ्रे गाउँपालिकाले नमुना युवा संसद् अभ्यास कार्यक्रमअन्तर्गत नमुना युवा गाउँसभा प्रशिक्षण एवं अभ्यास गरेको छ ।

नमुना युवा गाउँसभाको लागि माछापुच्छ्रे गाउँपालिकाअन्तर्गतका वडाको युवा भेलाबाट अध्यक्ष मनीष सुनार, उपाध्यक्ष शोभा क्षत्री तथा प्रमुख प्रशासकीय अधिकृत (सचिव)को भूमिकामा खिमबहादुर तामाङ चयन भए ।

त्यस अवसरमा प्रवीण ढुंगानाको नेतृत्वमा ११ सदस्यीय गाउँपालिकास्तरीय युवा क्लब सञ्जाल गठन भयो ।

गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना एवं राष्ट्रिय युवा परिषद् सानोठिमी, भक्तपुरको समन्वयमा वैशाख २७ बाट सुरु कार्यक्रम आइतवार सकिएको हो ।
गाउँपालिका उपाध्यक्ष सीता अधिकारीको विशेष उपस्थितिमा कार्यक्रम भएको हो । युवाहरूको दक्षता, क्षमता, नेतृत्व विकास र सशक्तीकरण साथै स्थानीय शासन प्रक्रियाबारे राष्ट्रिय युवा परिषद्का प्रशिक्षक हेमकुमार पौडेल साथै अविनाश कार्कीले सहजीकरण गरे ।

उपाध्यक्ष अधिकारीले युवालाई व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको कार्य तथा अन्तरसम्बन्धको ज्ञानलाई असल संस्कार तथा सुझबुझपूर्ण व्यवहार सिकाउने उद्देश्यले कार्यक्रम गरिएको स्पष्ट पारिन् ।

वडा न ९ का अध्यक्ष एवं सामाजिक विकास समिति संयोजक हरिबहादुर क्षत्रीले कार्यक्रमका सहभागी युवालाई धन्यवाद दिँदै युवाबिना देश विकास असम्भव रहेको बताए ।
प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षा शाखाका प्राविधिक सहायक विष्णुप्रसाद अधिकारीले गरे ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width