२२५ जनाको मधुमेह र टिजी जाँच

आदर्श समाज सम्वाददाता
वैशाख २९, २०८१
url (1)

पोखरा । हेमजा उद्योग व्यवसायी समितिको आयोजना र युआरएल प्राविधिक सहयोगमा शनिबार हेमजामा स्वास्थ्य शिविर भएको छ । शिविरमा २ सय २५ जनाको मधुमेह तथा रगतमा हुने खराब बोसो (टिजी) सित्तैमा जाँच गरिएको छ ।

कार्यक्रममा वरिष्ठ फिजिसियन डा. कृष्णराज अधिकारीले मधुमेह, टिजी, थाइराइड जस्ता समस्यालाई वेवास्ता गर्दा नेपालीले पछि ठूलो सास्ती र आर्थिक क्षति व्यहोर्नुपरेको बताए । उनले सम्भव भएसम्म वर्षमा एक पटक नियमित स्वास्थ्य जाँच गर्न र समस्या देखिएमा विशेषज्ञको सल्लाहमा उपचार गर्न सुझाव दिए । ‘ठूलो समस्या नभई स्वास्थ्य संस्था नजाने र समस्या भएपछि पनि औषधी नखाने, खानपानमा हेलचेक्र्याइ गर्ने प्रवृत्तिसमेत देखिएको छ,’ डा. अधिकारीले भने, ‘यस्तो बेबास्ताले रोगी र परिवारका सदस्यलाई दुख त थप्छ नै, कहिलेकाँही ज्यानैसमेत जाने खतरा हुन्छ ।’

युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्तले युआरएलले अहिलेसम्म विभिन्न संघ, संस्थासँग समन्वय गरी हेमजामा चौथो पटक र पोखरासहित गण्डकी प्रदेशमा १ सय ६९ पटक शिविर गरिसकेको जनाए । शिविरबाट केही सेवा सित्तैमा दिइनेमात्र नभई यसको विशेष अर्थ भएको उनी बताउँछन् । उनले चाँडै पोखरा २५ र आसपासका बासिन्दालाई मध्यनजर गरी युआरएलले त्यहाँ शाखा खोल्ने लागेकोसमेत जनाए । युआरएल गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्राप्त रेफरेन्स ल्याब हो ।

हेमजा उद्योग व्यवसायी समिति अध्यक्ष मीनराज तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य कृष्णबहादुर कुवँर, समिति उपाध्यक्ष सुशील बास्तोला, नेपाल रेडक्रसका सोसाइटी पोखरा २५ उपशाखाका पूर्वसभापति कृष्णप्रसाद पौडेल, हेमजा स्वास्थ्य चौकीका इन्चार्ज कुश्मेश्वर सुवेदी लगायत बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width