जलारी समुदायबारे वृत्तचित्र

आदर्श समाज सम्वाददाता
वैशाख १२, २०८१
Jalahari

पोखरा । जलारी समुदायबारे निर्माण भएको वृत्तचित्र सार्वजनिक गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले निर्माण गरेको वृत्तचित्र मंगलबार सार्वजनिक गरेको हो ।

वृत्तचित्र सार्वजनिक गर्दै गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेलले जलारी समुदायलाई सूचीकृत गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि ठोस पहल गर्नुपर्ने बताए । उनले माछा मार्नेको संख्या दिनप्रतिदिन बढ्दै जानु तथा स्थानीय माछाका जातहरू हराउँदै जानाले जलारी समुदायको पेसा क्रमश संकटतर्फ धकेलिँदै गइरहेको औंल्याए ।

उपसचिव भोजराज न्यौपानेले जलारी समुदायका मागप्रति मन्त्रालयको ध्यानाकर्षण भएको उल्लेख गर्दै माग सम्बोधन गर्न प्रयास गर्ने बताए । प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले भाषा, साहित्य, कला अनि संस्कृतिलाई माया गर्नुपर्ने बताए । उनले ती क्षेत्रमा हाल विकृति आइरहेको भन्दै शुद्धता ल्याउन सामूहिक प्रयासको खाँचो औंल्याए । उनले प्रतिष्ठानले सर्जकको स्वास्थ्य बिमा गरेको जनाउँदै अब प्रतिभा कोषको आवश्यकता औंल्याए ।

वृतचित्रका निर्देशक भोजबहादुर गुरुङले हालसम्म पनि जलारी समुदाय सूचीकृत हुन नसकेकोमा दुख व्यक्त गर्दै सो समुदायमा दुखसुखलाई पुस्तान्तारण गर्नुपर्ने धारणा राखे । जलारी समुदायले अन्य समुदायले जस्तै राज्यबाट सेवा सुविधा पनि पाउनुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा मत्स्य व्यवसायी समितिका अध्यक्ष राजेन्द्र जलारी, जलारी समाज कास्कीका अध्यक्ष झलक जलारीलगायतले पनि धारणा राखे । त्यस अवसरमा प्रतिष्ठानद्वारा निर्माण गरिएको टेबल पात्रो विमोचन गरियो ।

कुलपति बिखर्चीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपकुलपति गोरे गुरुङले स्वागत तथा सदस्य सचिव मनकुमार श्रेष्ठले कार्यक्रम सञ्चालन गरे । करिब आधा घन्टाको उक्त वृत्तचित्रमा जलारी समुदायका दैनिकी एवं दुखसुख समेटिएको छ ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width