सहकारी पीडित आन्दोलित

आदर्श समाज सम्वाददाता
वैशाख १०, २०८१
2

पोखरा । सहकारीले रकम अपचलन गरेपछि पोखराका ६ वटा सहकारीका पीडित आन्दोलित भएका छन् । उनीहरुले बचत फिर्ता र आफूहरुको रकम अपचलन गर्ने सहकारी सञ्चालकलाई कारबाहीको माग गर्दै सोमबार पोखराको सडक तताए ।
सूर्यदर्शन, इमेज, शिवशिखर, बलिदानी, मित्रमिलन र विन्ध्यवासिनी सहकारीका पीडित बचतकर्ताले संयुक्त संघर्ष समिति बनाएर विरोध प्रदर्शनसहित विभिन्न निकायमा ज्ञापनपत्र बुझाए । उनीहरुले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र पोखरा महानगरपालिकामा ज्ञापन पत्र बुझाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय गैह्रापाटनबाट सुरु ¥याली जिल्ला प्रशासन कार्यालयसम्म पुगेको हो । अहिले एकीकृत भएका सहकारीहरू पोखराका सबैभन्दा बढी रकम अपचलन भएका सहकारीहरू हुन् ।

पीडितले पोखरा आउने सबैजसो भिआइपीलाई ज्ञापनपत्र पनि बुझाउँदै आएका छन् भने विभिन्न समारोहमा प्रदर्शन नै गर्न थालेका छन् । अहिले सूर्यदर्शन सहकारीको पूरक अनुसन्धान पूरा भएको जनाइएको छ भने अन्य सहकारीको पनि अनुसन्धान सकिएर दोषी करार भइसकेका छन् ।  सूर्यदर्शन सहकारीबाट १ अर्ब ११ करोड अपचलन भएको आरोपमा १९ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । इमेजमा १ अर्ब ५१ करोड अपचलन भएको छानबिन समितिले निकालेको छ भने ११ जना विरुद्ध पक्राउ पुर्जी छ ।

मित्रमिलनबाट २६ करोड ८३ लाख अपचलन भएको र ३३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । शिवशिखरमा ५४ करोड २३ लाख अपचलन आरोपमा ११ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बलिदानी र विन्ध्यवासिनीको अनुसन्धान चलिरहेको छ ।

गण्डकीका सहकारीमा १२ अर्ब ४ करोड ६३ लाख सेयर पुँजी छ भने ५८ अर्ब ४९ करोड बचत देखिन्छ । उनीहरूले ६४ अर्ब ५० करोड ऋण लगानी गरेका छन् । २ अर्ब ३२ करोड सेयर लगानी गरिएको छ । प्रदेशभर ५ लाख ८५ हजार १ सय ८२ नागरिक सहकारीको सदस्य बनेका छन् । पोखरा महानगरमा रहेका सहकारीको सेयर पुँजी ७ अर्ब ४२ करोड छ भने १६ अर्ब १९ करोड बचत छ । यी सहकारीले १९ अर्ब २२ करोड लगानी गरेको देखिन्छ । यहाँका सहकारीमा १ लाख ८८ हजार ८ सय २७ जना सेयर सदस्य छन् ।

सूर्यदर्शन सहकारीका पीडित किरण श्रेष्ठको संयोजकŒवमा संयुक्त संघर्ष समिति गठन भएको हो । जसको उपाध्यक्ष इमेज सहकारी हरिबहादुर खत्री, सचिव मित्रमिलन सहकारीका पीडित प्रकाश पौडेल, सहसचिव बलिदानी सहकारीका धम पुन र कोषाध्यक्ष शिवशिखर सहकारीका टेकराज तिमिल्सिना चुनिएका छन् । सदस्यमा विन्ध्यवासिनी सहकारीका इन्द्रबहादुर गुरुङ, सूर्यदर्शनका अनुराधा श्रेष्ठ, प्रेम रेग्मी, राजेन्द्र शर्मा, मित्रमिलनका प्रभा सुवेदी, शिव शिखरका प्रमिला आचार्य, बलिदानीका जीवन भट्टराई, इमेजका बद्री पोखरेल, विन्ध्यवासिनीका डिल्लीराम पौडेल छन् । सबै सहकारीमा फसेको रकम उठाउनका लागि सरकार र सरोकारवालालाई दबाब दिने उनीहरूको निर्णय छ ।

संकटग्रस्त सहकारीको अनुसन्धान गरिरहेका दीपक आचार्यले पीडितको माग राज्यले सम्बोधन गर्नुपर्नेमा जोड दिन्छन् ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width