धर्मोदय सभा पञ्चमूल शाखामा चन्द्र

आदर्श समाज सम्वाददाता
वैशाख १०, २०८१
Dharmodaya Sabha Photo

पोखरा । धर्मोदय सभा पञ्चमूल शाखा स्याङ्जाको अध्यक्षमा चन्द्रबहादुर गुरुङ निर्वाचित भएका छन् । शाखाको तेस्रो अधिवेशनले गुरुङको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्ष अरुण गुरुङ, सचिव लालबहादुर गुरुङ, सहसचिव हर्कबहादुर गुरुङ, कोषाध्यक्ष साबित्री गुरुङ र सहकोषाध्यक्ष हीराबहादुर गुरुङ निर्वाचित भए । सदस्यहरू मुसाङ गुरुङ, सुकमाया गुरुङ, चन्द्रकुमारी गुरुङ, मनबहादुर गुरुङ र राजकुमार गुरुङ निर्वाचित भए ।

नेपालकै पहिलो होमस्टे पर्यटकीय गाउँ सिरुबारीस्थित राम बुद्ध गुम्बाको प्रांगणमा भएको अधिवेशनको उद्घाटन सत्रमा संस्थाका केन्द्रीय उपाध्यक्ष इन्द्रबहादुर गुरुङले बुद्ध धर्मको प्रचारप्रसारमा संस्थाले ध्यान दिनुपर्ने बताएका थिए । यद्यपि सभाको अग्रसरतामा लुम्बिनी प्रबन्ध समिति, लुम्बिनी विकास योजना बनेको उनले सुनाए । यस्तै धर्मोदयको अगुवाइमा चौंथो र १५ औं विश्व बौद्ध सम्मेलन नेपालमा भएको थियो । धर्म निरपेक्षता अभियान, जनगणना अभियानलगायत कार्य धर्मोदय सभाले नै आयोजना गरेको उनले बताए ।

कार्यक्रममा धर्मोदय सभा कास्की शाखाका निवर्तमान अध्यक्ष तथा बौद्ध शिक्षासम्बन्धी लेखक एवं बुद्धिजीवी टिबी पुन, धर्मोदय सभा कास्कीकै सदस्य प्रेम दर्लामी, धर्मोदय सभा हरिनास, स्याङ्जा शाखा अध्यक्ष खड्कबहादुर थापा तथा उपाध्यक्ष हिमाल थापा मगरले बुद्ध धर्मको प्रचारप्रसार हुन नसकेको बताए ।

शाखा अध्यक्ष क्या. बुद्धिबहादुर गुरुङले बुद्ध शिक्षा र संघको महत्वका जानकारी गराएका थिए । नयाँ कार्य समितिले सिरुबारीको पर्यटन प्रवद्र्धनसँगै बुद्ध धर्म प्रचारप्रसारमा ध्यान दिनुपर्ने उनले सुझाव दिएका थिए ।

वि.सं २०४४ मा सिरुबारीका समाजसेवी कृष्णबहादुर गुरुङको विशेष पहलमा स्थापना भएको शाखाले सुरुआतको समयमा विभिन्न कार्यक्रम गरी संस्था चलायमान भए पनि पछिल्लो समय संस्था सुस्त थियो । पुनः संस्थालाई क्रियाशील बनाउन र बुद्धशिक्षा तथा सेवासम्बन्धी गतिविधिहरू सुचारु गर्ने उत्साह र नयाँ ऊर्जाको तेस्रो अधिवेशन गरिएको नवनिर्वाचित अध्यक्ष चन्द्रबहादुर गुरुङले बताए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width