बालक्लबलाई खेल सामग्री

आदर्श समाज सम्वाददाता
वैशाख १०, २०८१
Radio sanketg

गैंडाकोट । गैंडाकोट ५ मा रहेका बाल क्लबलाई वडा कार्यालयले खेलकुद सामग्री उपलब्ध गराएको छ । वडामा रहेका १९ वटा बाल क्लबलाई आइतबार खेलकुद सामग्री उपलब्ध गराएको हो ।

नगर प्रमुख मदनभक्त अधिकारीले खेलकुद सामग्री वितरण गर्दै बालबालिकालाई खेलकुद क्षेत्रमा अघि बढ्नका लागि वडाले प्रदान गरेका खेलकुद सामग्रीले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

वडाका सबै १९ वटा बाल क्लबलाई खेलकुद सामग्री विरण गरिएको वडा अध्यक्ष रत्नप्रसाद सापकोटाले जानकारी दिए । ‘बालबालिकालाई खेलकुदमा हौसला प्रदान गर्न सामग्री प्रदान गरिएको हो,’ सापकोटाले भने, ‘बालबालिकाको विकासका लागि शिक्षासँगै खेलकुदको पनि उत्तिकै महत्व रहेकाले वडाले बालबालिकालाई प्रोत्साहनका लागि खेलकुद सामग्री वितरण गरेको हो ।’

कार्यक्रममा ब्याडमिन्टन, भलिबल, फुटबल, क्यारेमबोर्डलगायत सामग्री बाल क्लबलाई वितरण गरिएको हो । खेलकुद सामग्री पाएपछि बाल क्लबका विद्यार्थीहरू खुसी हुँदै वडा कार्यालयलाई धन्यवाद दिए । कार्यक्रममा शान्ति न्यौपाने, लक्ष्मण कार्की, विष्णु गौतम, पार्वती सापकोटालगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width