कृस्ती पोखरा समाजमा उमानाथ

आदर्श समाज सम्वाददाता
वैशाख १०, २०८१
kristi news photo

पोखरा । कृस्ती पोखरा सम्पर्क समाजको आठौं साधारण सभा तथा छैटौं अधिवेशनले उमानाथ सुवेदीको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति चयन गरेको छ । समाजको उपाध्यक्षमा कुलदीप आचार्य, सचिवमा हरिशंकर भण्डारी, कोषाध्यक्षमा कृष्णबहादुर थापा, सहसचिवमा भरत थापा चयन भए । सदस्यहरुमा बाबुराम थापा, सृजना सुवेदी, विष्णु बराल, दुर्गादेवी सुवेदी, राममाया कार्की, भिमा सुवेदी सिग्देल र शिवकुमारी तिवारी सुवेदी चयन भए ।

संघीय वन तथा वातावरण मन्त्रालयका सह–सचिव अजय कार्कीले कार्यक्रमको उद्घाटन गर्दै समाजले एकअर्कामा आपसी सहयोग आदान प्रदानमा प्रत्यक्ष अप्रत्यक्ष भूमिका खेल्ने बताए ।

उक्त अवसरमा पोखरा महानगरपालिका वडा नम्बर २१ का वडाअध्यक्ष दीपकप्रसाद सुवेदी, कृस्ती पोखरा वचत तथा ऋण सहकारीका अध्यक्ष हस्तबहादुर थापा, समाजका संस्थापक अध्यक्ष श्रीबहादुर रानाभाट, सल्लाहकार झपिन्द्रराज रेग्मी, निवर्तमान अध्यक्ष पदमबहादुर थापा क्षेत्री, पोखरा महानगरपालिका सार्वजनिक लेखा समिति सभापति झपट बहादुर रानाभाटलगायतले बोलेका थिए ।

समाजकी अध्यक्ष मीना रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष उमानाथ सुवेदीले र सञ्चालन सचिव पवित्रमणि भण्डारीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पोखरा पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा

    आदर्श समाज सम्वाददाता जेठ १७, २०८१
    पोखरा । पोखरा महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । महानगरमा जन्मदेखि ५९ महिनासम्मका २९ हजार ३ सय…
  • नीरमाया दोहोरी साँझले जित्यो भलिबल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता जेठ १७, २०८१
    पोखरा । चिप्लेढुंगाको नीरमाया दोहोरी साँझले दोहोरी साँझस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा कलाकार खेलकुद संघ आयोजनामा…
  • समाजको हितमा काम गर्न जोड

    आदर्श समाज सम्वाददाता जेठ १७, २०८१
    पोखरा । नेपाल दशनामी समाज कास्कीले पोखरामा आयोजना गरेको बृहत् छलफल तथा अन्तरक्रियाका वक्ताले समाजले समुदायको हितमा क्रियाशील हुँदै मौलिक…
  • उन्नतिको रक्तदानमा ६० युनिट रगत संकलन

    आदर्श समाज सम्वाददाता जेठ १७, २०८१
    पोखरा । पोखराको नयाँबजारमा अवस्थित उन्नति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बुधवार आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ६० जनाले…
  • पोखराको एकीकृत रणनीतिक कार्य योजना

    आदर्श समाज सम्वाददाता जेठ १६, २०८१
    पोखरा महानगरपालिका पोखरालाई पर्यटनको राजधानी घोषणा पश्चात् एकीकृत रणनीतिक कार्य योजना निर्माणको तयारीमा लागेको छ । समग्र पर्यटन क्षेत्रको विकास…

hero news full width

trending post

ट्रेन्डिङ्ग