तनहुँ । मुग्लिन–पोखरा सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डको सम्झौता म्याद सकिएको छ । २०८१ साल वैशाख २ गते सम्झौता म्याद सकिएपछि म्याद थपको प्रक्रिया अघि बढाइएको छ ।
कोभिडका समयमा निर्माण कार्य स्थगित गर्नुपरेकाले नेपाल सरकारबाट ६ महिना म्याद थप गर्न लागिएको आयोजना पूर्वी खण्डका इन्जिनियर विष्णु पाण्डेले जानकारी दिए ।
विसं २०७८ वैशाख महिनादेखि निर्माण सुरु गरिएको थियो । कोरोनाका कारण काम गर्न नपाएका योजनाका म्याद थप गर्ने मन्त्रिपरिषद्को निर्णयअनुरुप म्याद थप्न लागेको उनले बताए । उक्त खण्डमा हालसम्म १८ किमी ४ लेन र ९ किमी २ लेन सडक कालोपत्रे भएको छ । उनका अनुसार हालसम्म पूर्वी खण्डमा ५६ प्रतिशत कार्य प्रगति भएको छ ।
पूर्वी खण्डको अन्तिम विन्दु तनहुँको म्याग्दे जामुनेदेखि दमौलीतर्फ कालोपत्र अघि बढाइएको छ । अहिले कालोपत्रे कार्यलाई प्राथामिकता दिँदै आवश्यक स्थानमा पहाड काट्ने काम भइरहेको आयोजनाले जनाएको छ । आयोजना पूरै सम्पन्न गर्न एक वर्ष अवधि थप गर्नुपर्ने आयोजना पूर्वी खण्डका प्रमुख श्यामकुमार यादवले जानकारी दिए ।
उक्त खण्डमा हालसम्म १८ किमी ४ लेन र ९ किमी २ लेन सडक कालोपत्रे
उनका अनुसार नेपाल सरकार, लगानीकर्ता र कन्ट्र्याक्टबीच त्रिपक्षीय छलफल भइरहेको छ । पूर्वी खण्डमा ४१ दशमलव ७ किलोमिटर दूरी रहेको छ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको थियो । उक्त खण्डका लागि ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का सम्झौता भएको हो ।
त्यसैगरी पश्चिम खण्डमा २ लेनको ७ किमी सडक कालोपत्रे भइसकेको छ । वर्षाअघि कल्भर्ट र नाला निर्माण कार्यलाई तीव्रता दिइएको पश्चिम खण्डका इन्जिनियर नारायण पौडेलले जानकारी दिए । उनका अनुसार उक्त खण्डमा भौतिक प्रगति २० प्रतिशत पुगेको छ । पश्चिम खण्डअन्तर्गत जिल्लाको जामुनेदेखि पोखराको सेतीपुलसम्म ३८ दशमलव ८८ किलोमिटर दूरी रहेको छ । उक्त खण्डको ठेक्का चीनको यनहुइै काइयुन हाइवे एन्डब्रिज कम्पनीले पाएको थियो ।
यस खण्डका लागि ७ अर्ब ४० करोड ४६ लाख ८१ हजारमा ठेक्का सम्झौता भएको थियो । विसं २०७८ भदौबाट काम सुरु भएको यस खण्डको काम २०८१ भदौ १२ मा सम्पन्न गर्नुपर्ने सम्झौता छ ।
Related News
सम्बन्धित समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
गायक तथा गीतकार एलपी जोशी रहेनन्
आज मौद्रिक नीति सार्वजनिक हुँदै
पोखराको गन्नीलाई रनिङ सिल्ड
hero news full width
मुख्य समाचार
लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१जहाज सि चेकका लागि पोखरा आउँदै थियो
श्रावण ९, २०८१कन्टेनरमा बजारिएर दुई टुक्रा भयो, अनि आगो लाग्यो
श्रावण ९, २०८१सौर्य एयर दुर्घटनामा १८ जनाको मृृत्यु
श्रावण ९, २०८१त्रिभुवन विमानस्थलमा सौर्यको जहाज दुर्घटना
श्रावण ९, २०८१