‘शक्ति र सत्तामा रहेकाको मात्रै इतिहास लेखिनुपर्छ भन्ने छैन’

आदर्श समाज सम्वाददाता
वैशाख ९, २०८१
FONIJ Program Photo

पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासघं (फोनिज) का संघीय सल्लाहकार हुम तमुले इतिहास, दस्तावेज तथा सत्यतथ्यको आधारमा इतिहास लेखिनुपर्ने बताएका छन् ।

फोनिज गण्डकी तथा कास्की शाखाले पोखरामा आइतबार संयुक्त रुपमा आयोजना गरेको फोनिज संवाद कार्यक्रममा उनले इतिहास शक्ति र सत्तामा रहेकाको मात्रै नलेखिने बताएका हुन् । नेपाल पत्रकार महासंघको ७३ औं स्थापना दिवस र सत्यनारायणबहादुर श्रेष्ठको योगदान सन्दर्भमा आयोजित फोनिज संवाद कार्यक्रममा उनले कार्यक्रममा संस्थापक अध्यक्ष को हुन् भन्ने विषयमा बहस र संवादमार्फत् टुंगो लगाउनुपर्नेमा जोड दिए । सत्य र इतिहास लुकाएर नलुक्ने उनको भनाइ थियो । ‘सत्यनारायणबहादुर श्रेष्ठको विषयमा कुरा उठिरहँदा अन्य अग्रज व्यक्तित्वको अपमान भने गर्नुभएन,’ उनले भने, ‘तर, सत्यतथ्यका आधारमा संस्थापक अध्यक्षको विषय टुंग्याउनुपर्छ ।’

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सिना पंगेनीले पत्रकार महासंघको महाधिवेशनले संस्थापकको विषय टुंगोमा पु¥याउन भूमिका खेल्ने बताइन् । यसका लागि फोनिजका सदस्यहरू चनाखो हुनुपर्नेमा उनको जोड थियो । यसका लागि आफूले सहयोग गर्ने उनले प्रतिबद्धता जनाइन् । उनले रहेक मिडिया हाउसमा जातीय समावेशिता हुनुपर्नेमा जोड दिएकी थिइन् ।

सत्यनारायणबहादुरको विषयमा कुरा उठिरहँदा अन्य अग्रज व्यक्तित्वको अपमान भने गर्नुभएन, सत्यतथ्यका आधारमा संस्थापक अध्यक्षको विषय टुंग्याउनुपर्छ

फोनिज गण्डकीका इन्चार्ज एमबी आस्था मगरले सत्यनारायणबहादुर श्रेष्ठ नै पत्रकार महासंघको संस्थापक अध्यक्ष हुन् भन्ने प्रमाण फोनिजको संघीय तहमा प्रमाण सुरक्षित रहेको बताए । सोही प्रमाणका आधारमा महासंघको केन्द्रीय तहले पनि आगामी वर्ष ७४ औं स्थापना दिवस मनाउने वातावरण तयार गर्नुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले संस्थापक अध्यक्ष को हुन् भन्ने विषयमा भइरहेको विवादलाई सत्य र तथ्यको आधारमा छिटोभन्दा छिटो टुंगोमा पु¥याउनुपर्नेमा जोड दिए । उनले भने, ‘नेपाल पत्रकार महासंघको ७४ औं स्थापना दिवस विवादरहित तरिकाले मनाउने गरी समस्याको समाधान गर्नुपर्छ ।’

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले अहिले पत्रकार खुलेर लेख्न तथा बोल्न सक्ने वातावरण हुनुमा सत्यनारायणबहादुर श्रेष्ठ तथा कृष्णप्रसाद भट्टराई दुवैको भूमिका उत्तिकै महŒवपूर्ण रहेको बताइन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघले उठाइरहेको संस्थापक अध्यक्षको विषयमा केन्द्रीय तहबाटै पहल हुनुपर्ने उल्लेख गरिन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रुद्र श्रीसमगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रेस चौतारी केन्द्रीय अनुशासन आयोगका उपाध्यक्ष श्याम कुँवर, नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेश समन्वय समितिका मुख्य सचिव सुजन लामा लगायतले संस्थापक अध्यक्षको विषयमा प्रमाणसहित सत्यतामा रहेर बहस र संवाद अघि बढाउनुपर्ने बताए ।

कार्यक्रममा फोनिज कास्कीका अध्यक्ष दिलप्रसाद गुरुङले स्वागत र फोनिज गण्डकीका महासचिव धनबहादुर गुरुङ ‘सुमन’ ले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width