चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा

आदर्श समाज सम्वाददाता
वैशाख ८, २०८१
434419451_122114339666252846_2181598963920616081_n

पोखरा । गण्डकी प्रदेशमा बिनाविभागीय २ जना मन्त्रीहरुले मन्त्रालयको जिम्मा पाएका छन् । माओवादीका हरिबहादुर चुमानले आर्थिक मामिला र राजीव गुरुङ (दीपक मनाङे) ले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

शनिबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुको जिम्मेवारी बाँडफाँड गरेको हो ।

गत २५ चैतमा नेपालको संविधान १६८(२) बमोजिम मुख्यमन्त्री नियुक्त नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले आफ्नो क्याबिनेटमा चुमान र मनाङे गरी ३ सदस्यीय मन्त्रिमण्डल बिस्तार गरेका थिए ।

सत्ताघटक माओवादी संसदीय दलका नेता चुमान र मनाङेलाई बिनाविभागीय मन्त्रीको जिम्मेवारी दिएका थिए । मनाङेले गण्डकी प्रदेशमा योसहित ५ पल्ट मन्त्री बन्ने रेकर्ड राखेका छन् ।

तर प्रदेशसभा सभामुख कृष्णप्रसाद धिताललाई समेत गनेर मुख्यमन्त्री नियुक्त खगराज अधिकारीविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ । सर्वोच्चमा विचाराधीन उक्त मुद्दाको पेसी १० वैशाखलाई तोकिएको छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width