सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त

आदर्श समाज सम्वाददाता
वैशाख ६, २०८१
sodari

पोखरा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का दीर्घ सोडारी नियुक्त भएका छन् । उनले एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

प्रदेश प्रमुख नजिर मियाँले उनलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनले बिहीबार नै पद तथा गोपनीयताको सपथ लिए ।

गत आइतबार नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको समर्थनमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी र एमाले–माओवादीको समर्थनमा नाउपाकै कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । प्रदेश प्रमुख मियाँले दुवै दाबीका आधारमा निष्कर्षमा पुग्न नसकिएको भन्दै पुन मुख्यमन्त्रीमा दाबी आह्वान गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width