इपिएसबारे सचेतनामूलक कार्यक्रम

आदर्श समाज सम्वाददाता
वैशाख १, २०८१
EPS 1

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 37;

पोखरा । वैदेशिक रोजगार विभाग (इपिएस) कोरिया शाखा आयोजनामा पोखरामा जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्य स्वयंसेविका र कोरियामा रहेका ब्यक्तिका परिवारसँग अन्तक्र्रिया भएको छ ।

इपिएसमार्फत दक्षिण कोरिया गएका नेपालीका परिवारका सदस्य लक्षित गरेर बिहीबार भएको कार्यक्रमका सहभागीले इपिएसमार्फत कोरिया गएका परिवारको अवस्थामा आएको परिवर्तन, परिवारबाट उनीहरुलाई प्रदान गर्नुपर्ने वातावरणका विषयमा बोलेका थिए । पोखरा महानगरपालिकासँगको समन्वयमा भएको कार्यक्रममा इपिएस कोरियाशाखाका निर्देशक मैया कँडेल, पूर्व काउन्सलर रमा भट्टराई र शाखा अधिकृत कमलराज श्रेष्ठले सहजीकरण गरेका थिए ।

उनीहरुले इपिएस कोरिया शाखाको संगठनात्मक परिचय, भाषा परीक्षाको वर्तमान अवस्था, इपिएस भाषा परीक्षा प्रणालीको निष्पक्षता र पारदर्शीता, इपिएसमार्फत कोरिया गएकाको अवस्था, चुनौती, समस्या, परिवारका सदस्यले खेल्नुपर्ने भूमिका लगायत विषयमा उदाहरणसहित प्रष्ट पारेका थिए । कार्यक्रममा इपिएसमार्फत कोरियामा गएर फर्केका तथा कोरियामा रहेकाका परिवारका सदस्यले आफ्ना अनुभवसहित जिज्ञासा राखेका थिए ।

कार्यक्रममा कोरियाबाट फर्केका नेपाली कामदारको स्थिर पुन एकीकरण प्रणाली सुदृढीकरणका लागि कोइकाको सहयोगमा सञ्चालित ‘के हामी’ परियोजनाको बारेमा समेत जानकारी गराइयो । २०२२ मे ३१ मा हस्ताक्षर भएको यो परियोजना सन् २०२३ देखि कार्यान्वनमा आएको छ । ८० लाख अमेरिकी डलर बजेट रहेको यो परियोजनाको लाभग्राही इपिएसमार्फत कोरिया गई फर्केका हुन् । परियोजनाको कार्यान्वयन कोरिया मानव संसाधन विकास सेवाले गर्दै आएको छ ।

यस अगाडि बुधबार जनप्रतिनिधि, कर्मचारी, सामाजिक शिक्षक, महिला स्वंमसेविकालाई लक्षित गरेर अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको पोखरा महानगरपालिकाका रोजगार संयोजक विष्णुप्रसाद दाहालले बताए ।

यसअघि कार्यक्रमको उद्घाटन गर्दै पोखराका मेयर धनराज आचार्यले वैदेशिक रोजगारीमा जानुपूर्व आवश्यक सीप विकासको तालिम लिने प्रवृत्ति कम भएका कारण यसलाई थप सुरक्षित र विश्वासिलो बनाउन चुनौतीपूर्ण रहेको बताएका थिए । इपिएसमार्फत कोरिया जाने नेपाली श्रमिकको अवस्था मध्यपूर्वका देशहरूमा जानेहरूको तुलनामा सन्तोषजनक रहेको भए पनि वैदेशिक रोजगारीका समस्याहरू भने विद्यमान रहेको उनले बताए ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width