राष्ट्रिय शिक्षक संगठन कास्कीमा तीर्थराज

आदर्श समाज सम्वाददाता
चैत्र ३०, २०८०
Teacher AGM

पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीको १४ औं अधिवेशनबाट तीर्थराज ढकाल सर्वसम्मत निर्वाचित भएका छन् । उपाध्यक्ष (खुला) मा प्रदीप न्यौपाने, उपाध्यक्ष (महिला) मा देवीकुमारी केसी, सचिव दामोदर तिमिल्सिना, कोषाध्यक्ष माधव पहारी, सहसचिव जूना थापा र सहकोषाध्यक्ष शान्ता पराजुली सर्वसम्मत चयन भए । सदस्य भगवती लामिछाने, यमुना सुवेदी, तोरणबहादुर केसी, विजय शर्मा, सूर्यमोहन ढकाल, जितबहादुर थापा, दशरथ सापकोटा, डिल्लीराम देवकोटा, टेकमाया आचार्य, अनिता राई, बाबुराम भुजेल, उमिता घमाल, विश्वनाथ सुवेदी, हरिबोल गौतम र सरिता ढकाल छन् । लेखा समिति संयोजकमा प्रकाश शर्मा रेग्मी तथा सदस्यमा नवीनराज पौडेल र गोविन्द सुवेदी रहेका छन् ।

राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा जगन्नाथ अधिकारी, यामनाथ सुवेदी, विष्णुहरी त्रिपाठी र रेखा लम्साल सर्वसम्मत निर्वाचित भए ।

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आफ्नो देशको भाषा संस्कृति परम्परा रीतिरिवाज र शिक्षा जोगाउने अभिभारा शिक्षकमा भएको हुनाले शिक्षकहरुले आफ्नो पेसा इमानदारीपूर्वक बहन गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेश इन्चार्ज वाइबी कुँवर, नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति सचिव रामप्रसाद पोखरेल, शिक्षक महासंघ राष्ट्रिय समितिका सदस्य लोचना अधिकारी, नेपाल राष्ट्रिय शिक्षक संगठनका गण्डकी प्रदेशका अध्यक्ष रोमहर्षण पौडेल, गण्डकी प्रदेशका महासचिव ध्रुवराज सिग्देल, गण्डकी प्रदेश कोषाध्यक्ष बोधराज पौडेल, सदस्य उमनाथ गौतम, एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षत्री, शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्य लगायतले बोलेका थिए ।

निर्वाचन अध्यक्ष मण्डलमा नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेशका इन्चार्ज वाइबी कुँवर थिए

निर्वाचन मण्डलमा पेसागत महासंघ गण्डकी महासचिव बैकुण्ठनाथ आचार्यको संयोजकत्वमा नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेशका कोषाध्यक्ष बोधराज पौडेल, गण्डकी प्रदेशका सदस्य उमनाथ गौतम सदस्य थिए ।

अधिवेशनमा उत्कृष्ट विद्यालय सम्मान, उत्कृष्ट शिक्षक सम्मान, शिक्षक सेवा आयोगद्वारा नवनियुक्त शिक्षकलाई सम्मान, बढुवा शिक्षकलाई सम्मान, छात्रवृत्ति वितरण, आजीवन सदस्यलाई प्रमाणपत्र वितरण गर्नुका साथै सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा उत्कृष्ट विद्यालयको सम्मान र पुरस्कार विन्ध्यवासिनी मावि बाटुलेचौरलाई प्रदान गरिएको थियो । बढुवा भई सम्मानित हुने शिक्षकमा रुद्रबहादुर थापा, दीपक पौडेल, जितबहादुर क्षेत्री, शिखनाथ गौतम, मीनबहादुर सावद, लक्ष्मी तिमिल्सिना, रामहरि बराल, भीमप्रसाद सुवेदी, राधिका अधिकारी, वसन्तराज भण्डारी र रामजी जिसी थिए । उत्कृष्ट शिक्षकद्वारा सम्मानित हुनेमा विष्णुप्रसाद पौडेल, सूर्यराज अधिकारी, इन्दिरा पहारी, रविरमण भट्टराई, शारदाकुमारी गुरुजु, परशुराम बराल, रुद्र तिमिल्सिना, धनेश्वर सापकोटा, फूलकुमारी गुरुङ, भगवती लामिछाने, विश्वमोहन पोखरेल, जगनप्रसाद गुरुङ, वसन्ती देवकोटा, हिरा गुरुङ र विष्णुहरि अधिकारी थिए ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंहमा छात्रवृत्ति वितरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । अमरसिंह मावि, रामघाटमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण गरिएको छ । सो अवसरमा कक्षा १२…
  • गण्डकी बोर्डिङलाई अन्तर्राष्ट्रियस्तरको बनाउने प्रण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी बोर्डिङ स्कुल (जिबिएस) का नवनियुक्त प्रिन्सिपल डा. विश्वयुधीर पौडेल घर्तीले सबैजना मिलेर जिबिएसलाई अन्तर्राष्ट्रियस्तरको विद्यालय बनाउने प्रण…
  • जानकीका विद्यार्थीलाई पोखरा ग्राण्डको साथ

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    गण्डकी । विद्यार्थीको सिकाईलाई पाठ्यक्रम महत्वपूर्ण हुन्छ । त्यसैलाई मध्यनजर गर्दै पोखरा १७ महतगौंडास्थित जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई पोखरा ग्रान्डले…
  • प्रतिभा माविको विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. बुद्धिबहादुर थापाले कुनै पनि विषयको अध्ययनमा हिम्मत नहार्न विद्यार्थीलाई सुझाएका छन्…
  • सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड

    आदर्श समाज सम्वाददाता श्रावण ७, २०८१
    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागितामा जोड दिएकी छन्। सञ्चारमाध्यममा महिला सहभागिता कम…

hero news full width