मगर संघको भित्तोपात्रो विमोचन

आदर्श समाज सम्वाददाता
चैत्र ३०, २०८०
magar sang

पोखरा । नेपाल मगर संघ महानगर समिति आयोजनामा नयाँ वर्ष–२०८१ उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । सो अवसरमा संघद्वारा प्रकाशित भित्तेपात्रो विमोचन गरियो ।

नेपाल मगर संघ कास्की उपाध्यक्ष चन्द्रबहादुर पुर्जा मगरले भित्तेपात्रो विमोचन गरे । उनले महानगरपालिकाले गरेको उक्त कार्यप्रति सह्राहना गर्दै यसले मगर समुदायबीच व्यावसायिक समन्वय र प्रवद्र्धनमा सहयोग पुग्ने बताए ।

कास्कीका सचिव लालबहादुर राना मगरले मगरहरुले संस्कृति जगेर्नाको साथसाथै शिक्षा र व्यवसायमा पनि जोड दिनुपर्ने बताए । महानगर समितिका उपाध्यक्ष मुन्नु थापा मगर र सदस्य क्षेत्र राना मगरले पनि शुभकामना मन्तव्य राखे ।

भित्तेपात्रो प्रकाशनमा ५ हजारबाट माथि सहयोग गर्ने सहयोगदातालाई खादा र दोसल्लाले सम्मान गरिएको थियो । संघ अध्यक्ष ओम श्रीस मगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव केशबहादुर थापा मगरले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width