बृहत फेदीखोलाको भित्तेपात्रो

आदर्श समाज सम्वाददाता
चैत्र ३०, २०८०
fedikhola

पोखरा । बृहत फेदीखोला पोखरा सम्पर्क समाजले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा संस्थाले प्रकाशन गरेको भित्तेपात्रो लोकार्पण गरेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै संस्थाका आजीवन सदस्य तथा अक्षयकोषदाता शिक्षासेवी यामबहादुर रानाभाटले समाजले स्थापना गर्नुको उद्देश्य अनुरुप नै गतिविधिहरु भइरहेकोमा खुसी व्यक्त गरेका थिए ।

संस्थाका अध्यक्ष जगदीश लामिछानेले नियमित कार्यक्रम अन्तरगत नै क्यालेन्डर प्रकाशन गरेको बताउँदै हरेक कार्यक्रम गर्दा उपसमिति गठन गरि हरेक कार्यसमितिका सदस्यलाई संस्थाप्रति उत्तरदायी बनाउने प्रयास गरिएको जनाए । उनले उपसमिति गठन गरी कार्य गर्दा गतिविधिहरु पनि धेरै गर्न सकिएको र हरेक व्यक्ति सक्षम हुँदै गएको बताए । उनले गैर नाफामूलक गैरसरकारी संस्था भएको कारण मितव्ययिता अपनाउन कार्य समिति र सल्लाहकारबीच मात्रै कार्यक्रम गरिएको बताए ।

सो अवसरमा समाजको द्वितीय उपाध्यक्ष लाल कार्की अन्जान, कोषाध्यक्ष राजकुमार क्षेत्री लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width