फेवातालमा खसेकी महिलाको उद्धार

आदर्श समाज सम्वाददाता
चैत्र ३०, २०८०
Fewa Lake

पोखरा । फेवातालमा कायक दुर्घटना हुँदा तालमा खसेकी एक महिलाको सकुशल उद्धार भएको छ ।

बिहीबार दिउँसो साढे २ बजेतिर काठमाडौं महानगरपालिका–१७ सामाखुसीकी २५ वर्षीया अग्नि देवकोटा तालमा खसेकी थिइन् । उनको तत्कालै सशस्त्र प्रहरीको गोताखोर टोलीले सकुशल उद्धार गरेको हो ।
पोखरा ५ मालेपाटनस्थित सशस्त्र प्रहरी बल नेपाल नं २४ गण हेक्वार्टर कालिकाका गणपति सशस्त्र प्रहरी उपरीक्षक अरुणकुमार शर्माले उनको सकुशल उद्धार गरिएको बताए । उनका अनुसार ती महिलाको स्वास्थ्य अवस्था सामान्य छ ।

तालमा कायक रमाइरहेकी देवकोटा एक्कासि हावाहुरीका कारण तालमा छाल आएपछि खसेकी थिइन् । उनलाई सशस्त्र प्रहरीलेको रेक्यु टिमले सकुशल उद्धार गरी ताल किनार ल्याएको थियो ।

तालमा सम्भावित जोखिम न्यूनीकरणका लागि वाराहीघाटमा सशस्त्र प्रहरीको रेस्क्यु वाच टावर खडा गरिएको छ । जसमा विशेष उद्धार तथा गोताखोर टोली तैनाथ हुन्छन् । तत्कार उद्धार भएकोले अप्रिय घटना हुन नपाएको सशस्त्र प्रहरी उपरीक्षक शर्माले बताए । उनका अनुसार पछिल्लो ४ दियनता तालबाट करिब २ सय जनाको उद्धार भएको छ ।

दिउँसोको समयमा हावाहुरी चल्ने र पानीमा छाल आउँदा डुंगा तथा कायक जोखिममा पर्ने गरेका छन् ।

सशस्त्र प्रहरी निरीक्षक वा प्रहरी सहायक निरीक्षकको कमान्डमा १० जनाको टोली रेस्क्यू टावरमा खटिने गरेको छ । आवश्यक पर्दा थप जनशक्ति तत्काल खटिने व्यवस्था मिलाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै