खगराजलाई जन्मदिनमा मुख्यमन्त्री उपहार, २५ को गजब संयोग

आदर्श समाज सम्वाददाता
चैत्र २५, २०८०
khagraj

पोखरा । गण्डकीको मुख्यमन्त्रीमा दोस्रोपटक नियुक्त भएका खगराज अधिकारी प्रदेशसभाको निर्वाचनमा कास्की क्षेत्र नं १ (१) बाट निर्वाचित हुन् ।

यसअघि उनी २०७९ पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनको जीवनमा २५ को संयोग पनि गजबै देखिएको छ । उनको जन्म दिन चैत २५ गते हो । जन्मदिनकै दिन उनी दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका छन् । केन्द्रमा स्वास्थ्य मन्त्री भइसकेका उनी उक्त मन्त्रालयबाट २०७२ साल असोज २५ गते बाहिरिएका थिए ।

अघिल्लो कार्यकालमा मुख्यमन्त्री भएलगत्तै माओवादीले समर्थन फिर्ता लिएपछि उनको सरकार अल्पमतमा परेको थियो । २०८० वैशाख १५ गते कांग्रेसका सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्रीमा शपथ लिएपछि उनी बाहिरिएका थिए ।

निर्वाचनमा २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा कास्की क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका उनले २०५४ मा दलको सचेतकको जिम्मेवारी पाएका थिए । अधिकारी सुशील कोइराला नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भए । उनले २०७० साल चैत १३ देखि २०७२ साल असोज २५ गतेसम्म स्वास्थ्य तथा जनसंख्यामन्त्रीको जिम्मेवारी लिएका थिए । २०७४ सालको आमनिर्वाचन कास्की निर्वाचन क्षेत्र नं १ बाट विजयी बन्दै २०७८ साल जेठ २७ गते नेपाल सरकारको गृहमन्त्री नियुक्त भएका थिए । तर त्यतिबेला उनी १३ दिनमै सत्ताबाट बाहिरिएका थिए ।

Related News

सम्बन्धित समाचार

  • गण्डकीमा बजेटको सिद्धान्त र प्राथमिकता आज

    आदर्श समाज सम्वाददाता जेठ १७, २०८१
    पोखरा । गण्डकी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्ति भएलगत्तै प्रदेश सभाको बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिवाललयले सूचना…
  • पोखरा मुग्लिन सडक विस्तार- पोखरा खण्डमा पिचको तयारी

    आदर्श समाज सम्वाददाता जेठ १७, २०८१
    पोखरा । निर्माणाधीन पोखरा मुग्लिन सडक विस्तार परियोजनाको पोखरा खण्डमा पिचको तयारी गरिएको छ । पछिल्लो समय तीव्रताका साथ काम…
  • ५२ दिनपछि पाण्डेको ‘कमब्याक’

    आदर्श समाज सम्वाददाता जेठ १७, २०८१
    पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे ५२ दिनपछि गण्डकीको मुख्यमन्त्रीमा फर्किएका छन् । सर्वोच्च अदालतले…
  • प्रदेशका मन्त्रीले क्वाटरमै बुझे ५० लाख घुस !

    आदर्श समाज सम्वाददाता जेठ १६, २०८१
    गण्डकी प्रदेशका एक मन्त्रीले पदमा बहाल रहेकै बेला निवासमै बोलाएर बहुवर्षे योजनाका लागि ५० लाख रुपैयाँ बुझेको, बाँकी १० लाख…
  • रविचन्द्रलाई अन्नपूर्ण पर्यटन पुरस्कार

    आदर्श समाज सम्वाददाता जेठ १६, २०८१
    पोखरा । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा सञ्चालित यस वर्षको अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८१ रविचन्द्र पराजुलीलाई प्रदान गरिने भएको छ ।…

hero news full width

trending post

ट्रेन्डिङ्ग