एलजीको नयाँ वर्ष उपहार योजना

आदर्श समाज सम्वाददाता
चैत्र २२, २०८०
lg

पोखरा । एलजीले नयाँ वर्ष–२०८१ लक्षित ‘नयाँ वर्षको सुखद सुरुवात, नगद र उपहारको साथ’ नामक योजना ल्याएको छ ।

उक्त योजना अन्तर्गत ग्राहकले एलजीका घरायसी सामान खरिद गर्दा नगद छुट र पक्का उपहारका १ लाखको दुर्घटना बिमा, तथा लक्की ड्र मा एलजी ओलेड टिभी हरेक महिना जित्न सक्ने जनाइएको छ ।

एलजी ओलेड टिभी, एलजी क्युनेड टिभी, एलजी युएचडी टिभी, साउन्ड बार, होम अडियो, एलजी सिंगल डोर रेफ्रिजेरेटर र भ्याकुम क्लिनरको खरिदमा ग्राहकहरुले ४० प्रतिशतसम्मको क्यास ब्याक प्राप्त गर्न सक्नेछन् । साथै एलजी साइड बाइ साइड फ्रेन्च डोर रेफ्रिजेरेटरको खरिदमा माइक्रोवेभ ओभन, एलजी डबल डोर रेफ्रिजेरेटर (३०८ लिटर र माथि) को खरिदमा मिक्सर वा भेजिटेबल प्युरिफायर, एलजी डबल डोर रेफ्रिजेरेटर (२८५ लिटरसम्म) को खरिदमा भ्याकुम फ्लास्क वा प्रेसर कुकर, एलजी फ्रन्ट लोड वासिङ मसिन (१० केजी र माथि) को खरिदमा इन्डक्सन कुकर, एलजी फ्रन्ट लोड वासिङ मसिन (९ केजीसम्म) को खरिदमा ६ केजी डिटरजेन्ट पाउडर, एलजी टप लोड तथा टुइन टब वासिङ मसिनको खरिदमा ४ लिटर डिटरजेन्ट लिकुइद, एलजी डिस वासरको खरिदमा २ प्याकेट डिसवासर किट, एलजी माइक्रोवेभ ओभनको खरिदमा खाना पकाउने कीट र एलजी एयर प्युरिफायरको खरिदमा एयर हिउमिडिफायर प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, एयर सलुसनतर्फको एलजी रुम एयर कन्डिसनर र फ्लोर स्ट्यान्डिङ तथा क्यासेट एयर कन्डिसनरको खरिदमा ग्राहकले फ्री इन्स्टलेसन सेवा पाउनेछन् ।

ग्राहकले हरेक महिना लक्की ड्र मार्फत २ एलजी ओलेड टिभी जित्न सक्नेछन् । कुनै पनि एलजी टिभी खरिदमा १ लाखको दुर्घटना बिमा पनि प्राप्त गर्न सक्नेछन् । ग्राहकले यो बिमा मार्फत संसारको कुनै पनि कुनामा भएको दुर्घटनाको क्षतिपूर्ति दाबी गर्न सक्नेछन् । ग्राहकले लक्की ड्र र दुर्घटना बिमामा समावेश हुन विज्ञापनमा दिइएको छुट्टाछुट्टै क्युआर कोड स्क्यान गरेर मागिएको विवरण भरेर रजिस्टर गर्नुपर्ने कम्पनीले जनाएको छ । साथै शून्य ब्याजदरमा इएमआइ, कुनै पनि ब्रान्डको पुरानो सामानसँग एलजीको सामानसँग साट्न सकिने एक्सचेन्ज अफर, एलजी लोयल्टी क्लब रिवार्ड, फ्री एलजी सर्टिफाईड इन्स्ट्लेसन र फ्री डेलिभरी सुविधा छ । यो योजना २१ चैतदेखि नेपालभर सीमित अवधिको लागि लागु गरिएको छ ।

एलजी नेपालको सबैभन्दा धेरै बिक्री हुने अन्तर्राष्ट्रिय ब्रान्ड भएको कम्पनीको दाबी छ । नेपालभर एलजी ब्रान्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गत सिजी इलेक्ट्रोनिक्स हो ।

Related News

सम्बन्धित समाचार

hero news full width