बागलुङमा ३ वर्षमा सवारी दुर्घटनामा ४० को मृत्यु

आदर्श समाज सम्वाददाता
चैत्र २१, २०८०
baglung Main

बागलुङ ।  बागलुङमा हरेक वर्ष दुर्घटनामा परी मृत्यु हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो ३ वर्षमा सबैभन्दा बढी मृत्यु हुने संख्या यस वर्षको छ । यस वर्ष १६ जनाले ज्यान गुमाएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आवको साउनदेखि हालसम्म १२ दुर्घटना भएका छन् । त्यसमा ४८ जना घाइते भएका छन् । आव २०७८÷७९ मा २३ सवारी साधन दुर्घटना भएका थिए । उक्त दुर्घटनामा ११ जनाको ज्यान गएको थियो भने २९ जना घाइते भएका थिए । गत आव २०७९÷८० मा २० दुर्घटना भएका थिए । दुर्घटनामा १३ जनाको मृत्यु भएको थियो भने ३३ जना घाइते भएका थिए । ३ वर्षको तथ्यांक हेर्दा हरेक वर्ष दुर्घटना झिनो संख्यामा घटे पनि मृत्यु र घाइते हुनेको संख्या भने बढिरहेको छ । पछिल्लो ३ वर्षमा बागलुङमा दुर्घटनामा परी ४० जनाले ज्यान गुमाएका छन् भने १ सय १० जना घाइते बनेका छन् ।

यस अवधिमा ५५ दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख सुमन निउरेले बताए । उनका अनुसार दुर्घटनामा ४९ सवारी साधनमा क्षति पुगेको छ । ट्राफिकले अटेरी गर्ने तथा ट्राफिक नियमको उल्लंघन गर्ने ३८ हजार ६ सय १६ सवारी साधनलाई कारबाही गरी २ करोड ६९ लाख तीन हजार राजस्व संकलन गरेको छ ।

बर्सेनि दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढ्दै गएको ट्राफिक प्रमुख निउरेको भनाइ छ । उनले चालकको लापरबाही र अप्ठेरो सडकका कारण दुर्घटना हुने गरेको बताए ।

दैनिक ग्रामीण सडकमा सयौं सवारी साधन गुड्ने तर ती सडक व्यवस्थित नहुँदा बढी दुर्घटना हुने गरेको उनी बताउँछन् । ३ वर्षको तुलनामा यस वर्ष थोरै दुर्घटना भए पनि मृत्यु र घाइते हुनेको संख्या बढी रहेको निउरेको भनाइ छ । उनले भने, ‘दुर्घटना न्यूनीकरणका लागि हरेक नागरिक सजक हुनुपर्छ, चालक जिम्मेवार, यात्रु अनुशासित भयो भने दुर्घटना निकै कम हुने थियो, हामीहरू दुर्घटनालाई न्यूनीकरण गर्न बिहान उठेदेखि रातिसम्म सडकमै हुन्छौं, कहिलेकाहीँ चालकले लापरबाही गर्दा गम्भीर दुर्घटना हुने गरेका छन्, सबैभन्दा बढी त गाउँका सडकमा दुर्घटना हुने गरेका छन्, सडक साँघुरा छन्, त्यसमाथि सवारी चालकले क्षमताभन्दा बढी यात्रु बोकेर हिँड्छन्, यसमा अन्य सरोकारवाला पनि गम्भीर हुन जरुरी छ ।’

ग्रामीणसँगै राष्ट्रिय राजमार्गमा पनि ठूला–ठूला दुर्घटना हुने गरेका छन् । यही चैत ६ गते पश्मिच रुकुमबाट काठमाडौंका लागि छुटेको बस बागलुङको निसीखोलामा दुर्घटना भयो । दुर्घटनामा सातजनाले घटनास्थलमै र २ जनाले अस्पतालमा ज्यान गुमाए । दुर्घटनामा परी २६ जना घाइते भए । घाइतेमध्ये अधिकांश अहिलेसम्म निको भएका छैनन् ।

दुर्घटनाका कारण भने चालकको लापरबाही रहेको निष्कर्ष छ । दुर्घटना रोक्नका लागि ग्रामीण सडकलाई व्यवस्थित बनाउन जरुरी रहेको यातायात व्यवसायी शेरबहादुर विक बताउँछन् ।

उनले साँघुरा र अप्ठेरो सडकमा दैनिक सयौं सवारी तथा मालवाहक गाडी गुड्ने गरे पनि वर्षौं अगाडि ‘ट्र्याक’ खुलेका सडकको अहिलेसम्म पनि स्तरोन्नति हुन नसकेको बताए । बर्सेनि दर्जन नागरिकले दुर्घटनामा ज्यान गुमाउँदा पनि सरोकारवाला निकायको ध्यान जान नसकेको उनको भनाइ छ । ग्रामीण सडकमा ट्राफिक नपुग्दा सवारी चालक अनुमतिपत्र नभएका व्यक्तिले गाडी चलाउँदा पनि दुर्घटना हुने गरेको विक बताउँछन् । रासस

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width