लिटिल स्टेपमा विद्यार्थी बिदाइ

आदर्श समाज सम्वाददाता
चैत्र २०, २०८०
Little steep

पोखरा । लिटिल स्टेप माविबाट कक्षा १२ व्यवस्थापन, होटल व्यवस्थापन तथा विज्ञान संकायका ८१ जना विद्यार्थीको शुभकामनासहित बिदाइ गरिएको छ । सो अवसरमा सांस्कृतिक कार्यक्रमसमेत भयो ।

संस्थाका संस्थापक शेरबहादुर गुरुङको विशेष आतिथ्यमा भएको कार्यक्रमको अध्यक्षता कक्षा ११ की छात्रा मोनिका गुरुङले गरेकी थिइन् ।

संस्थापक प्राचार्य पम्फा गुरुङले विद्यार्थीलाई उज्ज्वल भविष्यको शुभकामनासहित उच्च शिक्षाका लागि विदेश पलायन नभई पोखरामा नै अन्तर्राष्ट्रियस्तरको स्नातक तहमा पोखरा लिकङ्न इन्टरनेशनल कलेजमा भर्नाका लागि समेत आग्रह गरिन् ।

संस्थाका प्रमुख शैक्षिक अधिकारी अनिलकुमार अर्यालले स्नातक तहसम्बन्धी जानकारी दिए । कार्यक्रममा विद्यालय संयोजक विनोद गिरीले बिदाइ तथा शुभकामना मन्तव्य व्यक्त गरे ।

कक्षा १२ का छात्र मनीष बसौला तथा छात्रा पूर्णिमा शर्माले विद्यालय परिवार तथा कक्षा ११ का विद्यार्थीलाई धन्यवाद ज्ञापन गरे । कक्षा ११ की छात्राद्वय आकृति सिके तथा युनिसा गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width