सामुदायिक बगरको स्थापना दिवस मनाइयो

आदर्श समाज सम्वाददाता
चैत्र २०, २०८०
samudaik bagar

पोखरा ।  सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बगरले २१ औं स्थापना दिवस मनाएको छ । सो अवसरमा नयाँ वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना आदानप्रदान पनि गरियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले सामुदायिक बगरका हरेक गतिविधि उत्कृष्ट रहेको बताए । ‘सामुदायिक सेवा केन्द्रका हरेक गतिविधिले समाजका विकृति विसंगति न्यूनीकरण गर्न प्रहरीलाई सहयोग पुगेको छ,’ उनले भने । कास्की जिल्लामा सामुदायिकको सक्रियता नमुनाको रुपमा रहेको उनको भनाइ थियो ।

वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक बोधराज रेग्मीले सामुदायिक सेवा केन्द्र बगरले गर्ने हरेक गतिविधिमा आफ्नो कार्यालयको तर्फबाट सहयोग रहने बताए । सामुदायिक बगरकी संस्थापक अध्यक्ष सीता गुरुङले प्रहरी र नागरिकबीच सम्बन्ध जोड्ने काममा सामुदायिक सेवा केन्द्र अग्रणी भागमा रहेको बताइन् ।

कार्यक्रममा अस्थायी प्रहरी पोस्ट बगरका इन्चार्ज कृष्णबहादुर लामिछाने प्रहरी निरीक्षक बढुवा भएकोमा सम्मान तथा बधाई ज्ञापन गरियो ।

सामुदायिक बगर अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगर पालिका १ का वडा रामजी पौडेल, सदस्य लागु औषध नियन्त्रण तथा समाज स्ुधार आमा समूहकी अध्यक्ष कल्पना आचार्य बास्तोला, सामुदायिक माटेपानी अध्यक्ष धर्मराज आचार्य, सामुदायिक बगरका निवर्तमान अध्यक्ष रामभूषण पराजुली र सचिव शिवराज अधिकारीले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width